Saturday, April 13, 2024
Homeफिचरसहकारीकर्मीलाई कार्यकुशलता तथा व्यवस्थापन तालिम

सहकारीकर्मीलाई कार्यकुशलता तथा व्यवस्थापन तालिम

- Advertisement -spot_img

तुलसीपुर, २९ मंसिर । सहकारी सञ्चालन र व्यवस्थापनमा सहजता ल्याउन तुलसीपुरमा सहकारीकर्मीलाई तालिम प्रदान गरिएको छ । भेरी कर्णाली मध्यपश्चिम कलस्टरको प्रथम कार्यकुशलता तथा व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।
सहकारीका व्यवस्थापक तथा सञ्चालकहरूलाई सहकारी सञ्चालनका लागि आवश्यक पर्ने ज्ञान, सिपका बारेमा तालिम प्रदान गर्न गोष्ठी सञ्चालन गरिएको हो ।
दाङसहित पश्चिम नेपालका बर्दिया, सुर्खेत, रूकुम पश्चिम, प्यूठानलगायतका जिल्लाका सहकारीकर्मी सहभागी तालिममा सहकारी सञ्चालनका लागि आवश्यक ज्ञान प्रदान गरिने साकोसका अध्यक्ष रूपबहादुर खत्रीले जानकारी दिए ।
गोष्ठीको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी ‘श्याम’ले सहकारीको पुँजी उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने बताए ।
उनले पछिल्लो समय सहकारी स्थापना हुने क्रम बढेपनि गुणस्तरिय सहकारी हुन नसकेको बताए । उनले एकै प्रकृतिका सहकारी मर्ज हुनुको विकल्प नभएको भन्दै मर्जबाट मात्रै सहकारीको विकास हुने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले सहकारी राज्यको तीनखम्बे अर्थ नीतिमा परे पनि सहकारीलाई राज्यले उपेक्षा गरेको बताए ।
सहकारी समृद्धिको आधार भएको भन्दै अब सहकारी ग्रामीणस्तरमा पहुँचलाई विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले सहकारीकर्मीलाई विभिन्न समयमा दिइने तालिमले सहकारी सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
केन्द्रीय सहकारी संंघ नेफ्सकुनको प्राविधिक सहयोगमा सहयोगी साकोसको आयोजनामा गोष्ठी सञ्चालन भएको हो । साकोसका अध्यक्ष रूपबहादुर खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी ‘श्याम’ को
प्रमुख आतिथ्यता एवं जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीको विशिष्ठ आतिथ्यतामा गोष्ठीको उद्घाटन गरिएको हो । उपाध्यक्ष डिलाराम विष्टको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव दुर्गाप्रसाद शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here