Friday, March 22, 2024
Homeफिचरसल्यान उवासंघको रजत वर्ष

सल्यान उवासंघको रजत वर्ष

- Advertisement -spot_img

सल्यान, २१ माघ । सल्यान उद्योग वाणिज्य संघ सल्यानले रजतजयन्ती मनाउन लागेको छ । रजतजयन्तीको अवसरमा सल्यान महोत्सवको समेत सञ्चालन गर्न लागिएको संघले जनाएको छ । माघ २२ गतेदेखि रजतजयन्ती तथा नवौं वार्षिकोत्सव बनाउन तयारी गरिएको हो ।
रजत जयन्ती तथा प्रादेशिक महोत्सवको तयारीलाई तिब्र पारेको छ । आफ्नो रजतजयन्तीको अवसरमा सल्यान उद्योग वाणिज्य संघले जिल्ला अस्पताल सल्यानका करिब ३५ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
अस्पतालमा उपचारका लागि आएका बिरामीहरूलाई संघले बुधबार मनाउन लागेको आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर कार्यसमितिको निर्णयअनुसार उद्योग वाणिज्य संघबाट फलफूल पितरण गरिएको हो ।
मंगलबार जिल्लाका प्रमुख बजारहरू सरसफाई कार्यक्रम राखेको उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर चलाउनेले बताए । रजतजयन्ती तथा महोत्सवलाई लक्षित गरी जिल्लाका सम्पूर्ण सरोकारवाला निकाय,
सुरक्षा निकाय, वित्तीय संघसंस्था, होटल ब्यवसायी, बजार ब्यवस्थापन समितिका प्रतिनिधि, जिल्लाका विभिन्न संघसंस्थाहरू लगायत सँगको अन्तरक्रियालाई सम्पन्न गरेको अध्यक्ष चलाउनेले जानकारी दिए । रजतजयन्तीको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी रानाले गर्ने छन् ।
त्यसैगरी सल्यान उद्योग वाणिज्य संघ सल्यानको मुख्य आयोजनामा यही माघ २९ गतेदेखि फागुन ११ गतेसम्म सञ्चालन हुन लागेको प्रादेशिक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा साँस्कृतिक महोत्सव–२०७६ को तयारी पनि तिब्र पारेको छ । महोत्सवमा सल्यान जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार, यस क्षेत्रमा उत्पादित वस्तुहरूको विशेष प्रदर्शनी,
जातीय प्रचार प्रसार झल्काउने साँस्कृतिक तथा झाँकीहरूको प्रदर्शनी हुने आयोजकले जनाएको छ, महोत्सवलाई ब्यवस्थित तथा स्तरीय बनाउनको लागि विभिन्न समिति तथा उपसमिति बनाएर कामहरू भइरहेको जनाएको छ ।
महोत्सवमा दर्शक मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारको चर्चित कलाकारहरूको साँस्कृतिक प्रस्तुति रहने छ । दुई सयवटा स्टलहरू रहने महोत्सवलाई करिब १ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र शारदा नगरपालिका आयोजक रहेका छन् । भने जिल्लाका नौवटा स्थानीय तहहरू सहआयोजकको रूपमा आबद्ध भएका छन् ।
करिब ११ दिनसम्म चल्ने महोत्सवलाई मुख्य प्रायोजक ग्लोबल आइएमई बैंकले गरेको छ भने कृषि विकास क्षेत्र विकास कार्यक्रम, आईफाड र बजाजले विशेष प्रायोजक गरेको संघका महासचिव भरत बस्नेतले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश, उद्योग पर्यटन वन, तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रूपमा रहेका छन् । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्ने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here