Saturday, April 13, 2024
Homeमुख्य खबरसर्रा–सौडियार सडक कालोपत्रे हुने

सर्रा–सौडियार सडक कालोपत्रे हुने

- Advertisement -spot_img

घोराही, २९ साउन । घोराही–१६ सर्रादेखि सौडियार हुँदै बबई पुलसम्मको सडक असोजदेखि कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि रमण केएस जेभी कम्पनी कैलालीले असोजको पहिलो हप्तादेखि काम गर्ने जनाएको छ ।
भदौको दोस्रो हप्ता कम्पनीको कार्यालय स्थापना गरी असोजदेखि सडक कालोपत्रे गर्ने काम थालनी गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिको नगर कार्यपालिकाले सर्रादेखि सौडियार हुँदै बबई पुलसम्म सडक कालोपत्रे गर्न भ्याट बाहेक ३५ करोड बजेट विनियोजन गरेको वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरीले जानकारी दिए । तीन वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सडक कालोपत्रे हुने भएपछि धर्ना र सौडियार, सर्रालगायतका नागरिकलाई घोराही बजार आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । आगामी असोजसम्म काम सक्नेगरी निर्माण कम्पनीले काम गरिरहेको छ । अहिले भित्ता प्लस्तर र भुई ढलाईको काम भइरहेको छ । वडा कार्यालयको तीन कोठा, एउटा सभाहल, शौचालय, गेट र पर्खालसमेत निर्माणका लागि नगरपालिकाले ५७ लाखमा निर्माणका लागि जिम्मा दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here