Tuesday, March 26, 2024
Homeफिचरसरकार भ्रष्टाचारको पछि लाग्योः पौडेल

सरकार भ्रष्टाचारको पछि लाग्योः पौडेल

- Advertisement -spot_img

देउखुरी, ५ भदौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार काम गर्न छोडेर भ्रष्टाचारको पछि लागेको आरोप लगाएका छन् ।
पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन कर्णाली प्रदेशको सुर्खेत जानेक्रममा बुधबार देउखुरीको लमहीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले सरकारका गतिविधि भ्रष्टाचारलाई थप सशक्त बनाउने खालको भएको बताए । ‘देशमा भ्रष्टाचार मौलाएको कुरालाई सञ्चार क्षेत्रले ब्यापक बनाएकोले यसलाई सरकारले नियन्त्रण गर्न खोजेको प्रष्ट भएको छ’ उनले भने ।
नेता पौडेलले वर्तमान सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजेको भन्दै आक्रोशसमेत पाकेका छन् । अबको विकल्प भनेको नेपाली कांग्रेस भएको बताउँदै नेता पौडेलले वर्तमान सरकारले नागरिकका भन्दा पनि नेता र आफू अनुकूलका व्यक्तिहरुमा बढी केन्द्रित भएको आरोप समेत लगाए । पौडेलले पार्टीभित्र गुट उपगुट देखिएको भन्दै कार्यकर्ताहरुलाई गुट–उपगुटका पछि नलाग्न आग्रह गरे ।
स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा पार्टीको सिद्घान्तले जितेको तर संगठनले हारेको स्वीकार गर्दै आगामी निर्वाचन कांग्रेसको पोल्टामा पार्ने गरि संगठन विस्तारमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै पार्टीभित्र मूल्यांकन पद्घतिको आवश्यकता रहेको भन्दै अब मूल्यांकन प्रक्रिया अपनाइने उनको भनाई छ । कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएकोले कुन नेताले जनताको सुख, दुःखमा साथ् दिन्छ भन्ने चिन्ने बेला आएको पनि बताए ।

कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएकोले कुन नेताले जनताको सुख, दुःखमा साथ दिन्छ भन्ने चिन्ने बेला आएको छ ।

पछिल्लो समयमा विजय कुमार गच्छेदार पक्षधर नेता तथा कार्यकर्ताले कांग्रेसमा समाहित भैसकेपछि आफूहरु जिम्मेवारबिहिन भएको भन्दै पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने बताईरहेका बेला केन्द्रीय कार्यसमितिमा समेत यो बिषयमा छलफल भैरहेको बरिष्ठ नेता पौडेलले बताए । ‘यो बारेमा कांग्रेस नेता बिमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको छ, छिट्टै निकास निस्कने छ’ उनले भने ‘दुबै दलको समायोजन त्यही दलको कार्यदलले गर्छ ।’
कार्यक्रममा पूर्व सिंचाई मन्त्री दिपक गिरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व कृषि मन्त्री रामकृष्ण यादव, पार्वता डिसी चौधरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का लगायतले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ता एक ढिक्का भएर जानुको विकल्प नभएको बताए । दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैबीच नेपाल प्रेस युनियन दाङले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग बुधबार लमहीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा प्रतिपक्षको भूमिका किन कमजोर छ ?
भन्ने पत्रकारको प्रश्नमा बरिष्ठ नेता पौडेलले अहिलेको सरकार एकलौटी र जबरजस्ती निर्णय लादेर बढ्ने गरेको बताए । नेपाल प्रेस युनियन दाङका सचिव रमेश केसीको अध्यक्षता तथा नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेस युनियनका जिल्ला सदस्य प्रियास्मृति गजमेरको स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सह–सचिव शिवराज खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here