Thursday, April 25, 2024
Homebreaking-newsसरकार काण्ड मच्चाउनमै व्यस्तः कोईराला

सरकार काण्ड मच्चाउनमै व्यस्तः कोईराला

- Advertisement -spot_img

घोराही, १३ फागुन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले सरकार सत्तामा मात्रै केन्द्रित भएको बताएका छन् । काण्डै काण्डमा फसेको सरकार आफ्नो सत्ता कसरी जोगाउने ? भन्ने विषयमा केन्द्रित भएको उनले बताए ।
‘दुई तिहाईको सरकार छ, सत्ता आफ्नै छ’ गिरिजाप्रसाद कोईरालाको योगदानको विचार गोष्ठीलाई सम्वोधन गर्दै महामन्त्री कोईरालाले भने ‘शक्तिमा हँुदाहुँदै पनि जनताको भावनाअनुसार काम गर्न किन नसकेको होला ?’
दुई तिहाई सरकारको सम्भावना हुँदाहुँदै पनि सत्तामा मात्रै केन्द्रित हुन ठिक नभएको बताए ।
‘एकपछि अर्को काण्डमा सरकार तानिरहेको छ, फसिरहेको छ’ उनले भने ‘दुईतिहाई शक्ति र ठूलो सम्भावना भएको सरकारको यो कार्य ठिक होइन् ।’
सरकारले समृद्ध नेपालको नारा लगाए पनि त्यो अनुसारको काम गर्न नसकेको बताए ।
‘दुई तिहाई भएको सरकार छ, युवाहरूको लागि कृषि क्रान्ति त गर्नसक्छ, त्यो सम्भव पनि छ’
उनले भने ‘विदेशिने युवाहरूलाई यही रोजगारी दिएर समृद्धि ल्याउन के कठिन छ र ? ठूलो सम्भावना भएको यो सरकारले जनताको लागि सानो काम पनि गर्न नसकेको प्रति दुःख व्यक्त गरे ।
उनले कार्यक्रममा गिरिजाप्रसाद कोईरालाले मात्रै काँग्रेस र कम्युनिष्टलाई विचारलाई सम्मान गर्दै समृद्ध मुलुकतर्फ हिडाएको स्मरण गरे ।
‘गिरिजा बाबुले एक्लो प्रयासमा समृद्धतर्फ लैजान सक्नुभयो, दुई तिहाई सरकारले किन नसकेको होला ? ’ उनले भने ‘समृद्धि नेपालको नारामात्रै लगाएर हुँदैन्, काम पनि गर्नसक्नु पर्छ ।’
नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रधानमन्त्रीको राजीनामा माग गरे । विभिन्न काण्डमा फस्नु, आफै काण्ड मच्चाउनुले सरकार असफल भईसकेकाले राजीनामा दिनुपर्ने बताए ।
‘सञ्चारमन्त्री बास्कोटाको ७० करोडको सेटिङको टेप सुनेको थिएन भन्न सक्नुप¥यो’ कोईरालाले कार्यक्रममा भने ‘होइन भने ‘छानबिन गरेर कारवाहीको प्रक्रियालाई अगाडि बढाउन सक्नुप¥यो ।’
सरकारले जनताको भावना अनुसार काम गर्न नसकेकाले अब काँग्रेसको विकल्प नभएको बताए । ‘नेपाली काँग्रेस जनतासँग धेरै टाढा भएको छ, जनताहरू नेपाली काँग्रेस आओस् भन्ने चाहन्छन्’
उनले भने ‘जबसम्म पार्टी जनतासँग जोड्न सकिदैन् तबसम्म पार्टी अगाडी बढ्न सक्दैन् ?’ ‘रािष्ट्रयता नै खतरामा परेको बेला नेपाली काँग्रेस जागरूक हुनुपर्ने बताए । राष्ट्रिय मुद्दालाई सरकारले एकलै निर्णय गरेको आरोपसमेत लगाए ।
सरकारले अख्तियारलाई आफ्नो छायाँमा पारेको, न्याय प्रणालीलाई आफूअनुसार चलाएको आरोप लगाए । सरकारकै कारण संघीयता धराप परेको बताए । संघीयता अनुसार विकास नहँुदा संघीयता धरापमा पर्ने होकी भन्ने विषयमा वहस हुन थालेको बताएका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान दुई तिहाइको कम्युनिष्ट सरकार संविधानप्िरत रतीभर प्रतिवद्ध नरहेको आरोप लगाए । केन्द्रीय सदस्य थापाले सरकारले नेपालमा नागरिक तर्साएर शासन गर्न उद्धत रहेको बताए ।
गिरिजाप्रसाद कोईरालाले शान्ति प्रक्रियाको संकल्प नगरेको भए नेपालको अवस्था के रहन्थ्यो भन्ने प्रश्नले नै शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोईरालाको भूमिका प्रष्ट पारेको बताए ।
नेपालमा राजतन्त्र र प्रजातन्त्रसँगै लैजान सकिदैन भन्ने गिरिजाप्रसाद कोइरालाको निष्कर्षले नै नेपालका सबै दललाई एकै ठाउँमा पु¥याएको उनको भनाई थियो ।
गिरिजाप्रसाद कोइरालाले हालेको संविधानको जगमा बसेर नेपालमा परिवर्तनका कामहरू भैरहेको बताए । संविधानको आधारमा संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी जनताबाट लिएर गएको पार्टीबाटै नेपालमा सबैभन्दा ठूलो डर भएको थापाले बताए । ‘संवैधानिक व्यवस्था र संविधान जोगाउने मुद्दा सबैभन्दा ठूलो मुद्दा भएको छ’ उनले भने ‘ यसका लागि नागरिकको साथ चाहिन्छ ।’
नेपाली काँग्रेसले निर्वाचन गर्ने पद्दति जोगाउन जनताको साथ र पार्टीप्रतिको विश्वास जोगाएर राख्नुपर्ने बताए । त्यसको लागि काँग्रेसका नेताले नैतिक बल, तागत राख्नुपर्ने बताए ।
गिरिजाप्रसाद कोईराला फाउन्डेशनकी अध्यक्ष सुजता कोईरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा युवा नेता डा. चन्द्रप्रसाद भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी,
राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, केन्द्रीय सदस्य डिल्ली रेग्मी सम्मानित व्यक्ति तथा नेकपाका नेता शोभाराम बस्नेत लगायतले बोलेका थिए ।
त्यसमा अवसरमा शान्ति प्रक्रियामा योगदान पु¥याएको भन्दै तिलकबहादुर डाँगी, तीर्थराज ज्ञवाली ‘चैतु’, शोभाराम बस्नेत लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण खिलराज पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here