Tuesday, March 26, 2024
Homeफिचरसरकारभन्दा ठेकेदार शक्तिशाली

सरकारभन्दा ठेकेदार शक्तिशाली

- Advertisement -spot_img

घोराही, २७ जेठ । सडक निर्माण किन समय मै सम्पन्न भएन् ? दाङमा बन्ने भनिएका पुलहरुको निर्माणमा किन ढिलाइ भईरहेको छ ? सडक कालोपत्र किन भएनन् ?
किन पुल नबनाउने, सडक नबनाउने ठेकेदारलाई कारवाही गरिएको छैन् ? प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यसरी जिल्लाका सरोकारवालाहरुलाई सोधे । उनले जिल्ला सभामा यसरी नै जिल्लाको निर्माणको विषयमा चासो देखाएका हुन् ।
‘सडक डिभिजनलाई भनेर के कारवाही हुने हो तुरुन्त प्रकृया शुरु गर्नुस्’ उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए । निर्माण व्यवसायीहरुबाट काम हुँदैन् भने त्यसको लागत स्टिमेट पठाउन समेत अनुरोध गरे । मुख्यमन्त्री पोख्रेलले निर्माण व्यवसायीहरुलाई कारवाही गर्नको लागि निर्देशन तथा चेतावनी दिएको पहिलो पनि होइन् ।
उनले निर्माण व्यवसायीहरुलाई भेटेर कैयाँै पटक समयमै काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने, लाईसेन्स खारेज गर्नेजस्ता चेतावनीसमेत दिए । तर कुनै सुधार भएन् ।
त्यस्तै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी पनि दाङको सडक र पुलको अवस्था देखेर दिक्क छन् । उनले पनि औपचारिक तथा अनौपचारिक रुपमा निर्माण व्यवसायीहरुलाई समयमै पुल बनाउन अनुरोध गरेका छन् ।
ठेक्का रद्द गर्न डिभिजन प्रमुखलाई अनुरोधसमेत गरे । कैयौँ पटक छलफल पनि भयो । तर कुनै सुधार देखिएको छैन ।
त्यस्तै नागरिक समाज पनि निर्माण व्यवसायी विरुद्धमा छलफल तथा ठेक्का रद्द गर्नको लागि पटक–पटक कार्यालयमा पुगेर अनुरोध गरे तर सुनुवाई भएन् । दाङका पुल र सडक समयमा सम्पन्न भए हुन्थ्यो भन्ने सबैको चाहना छ ।
तर सरकारी निकाय एकातिर छ भने निर्माण व्यवसायीहरु अर्कोतर्फ देखिन्छन् । सरकारी निकायले समयमै काम सम्पन्न गर्नको लागि निर्देशन तथा चेतावनी दिइरहेको हुन्छ तर निर्माण व्यवसायीहरुले समय अवधि थप्दै आएका छैनन् ।

जिल्लाका सडक र पुल निर्माणको लागि जिम्मा लिएका निर्माण व्यवसायीहरुलाई कारवाही गर्ने भनेर पत्र नपठाएका कुनै निर्माण व्यवसायीहरु बाँकी छैनन् ।

केही दिन पहिले मात्र सडक डिभिजन कार्यालयले सडक र पुलको सम्झौता भए अनुसार निर्माण कार्य गर्दै जानुपर्नेमा नभएको भन्दै विविध कारणले ठेक्काको म्याद थप हुँदासमेत हालसम्म निर्माण कार्य सम्पन्न नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा कारवाही गरिदिने सम्बन्धमा पत्र नै पठाए । तर निर्माण सेवाको पुनः म्याद थप भयो ।
जिल्लाका सडक र पुल निर्माणको लागि जिम्मा लिएका निर्माण व्यवसायीहरुलाई कारवाही गर्ने भनेर पत्र नपठाएका कुनै निर्माण व्यवसायीहरु बाँकी छैनन् ।
अनि म्याद थप नभएका निर्माण व्यवसायीहरु पनि भेटिन गाह्रो छ दाङमा । घोराही–लमही खण्डसडकमा पर्ने कटुवा खोलाको पुल सबैको चासोको रुपमा लिएको छ ।
यो पुल मात्रै होईन् अन्य पुलको ठेक्का लिएका निर्माण व्यवसायीहरुले सम्झौता अवधि नाघिसकेको सडक डिभिजन दाङले जनाएको छ । ‘कटुवा खोलाको पुलको निर्माणको जिम्मा लिएको सम्झौता अवधी दुई वर्ष म्याद थप्दा पनि पुलको पूर्णरुपमा काम सम्पन्न भएको छैन्’
सडक डिभिजनका इन्जिनियर लिलाबहादुर भण्डारीले भने ‘बाँकी अन्य खोलाको पुल एक वर्षभन्दा बढी म्याद थपिएको छ, काम अझै सम्पन्न भएको छैन् ।’ समयमै काम सम्पन्न नहुनुमा निर्माण व्यवसायीको लापरबाही हो ।
उनका अनुसार समय अवधी सम्झौता भएको कटुवाखोलाको पुल निर्माणको लागि दुई वर्ष म्याद थपिएको छ भने बबई, सिस्ने, गुर्जे र संक्राम खोलामा एक वर्ष बढी म्याद थपिएको छ । पत्रे खोलाको भने यो वर्ष पनि कुनै काम नभएको उनले बताए ।
शंकरमाली निर्माण सेवा प्रालिका प्रतिनिधि पदम शर्माले पुल निर्माणको काम भईरहेको बताउँछन् । ‘पुल निर्माणको काम भईरहेको छ’ उनले भने ‘अहिले म्याद छैन् भनेर बजेट रोकिएको छ ।’ पहिलेको समयमा बजेट नहुँदा, नाकाबन्दी, ढुङ्गा,
गिट्टी, बालुवा निकासा नहुँदा काममा समस्या भएकोे बताएका थिए । पत्रे खोलाको पुलको डिजाइन बनाएर सडक डिभिजन कार्यालयमा बुझाई सकेको बताए ।
‘पुलको डिजाइन् बनाएर पठाईसकेका छौ’ सडक डिभिजन कार्यालयले कि काम गर भन्नुप¥यो, कि होइन् भन्नुप¥यो । अहिलेसम्म कुनै पत्र पठाएको छैन, के को आधारमा काम गर्ने ?
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक तथा पुल निर्माणको लागि म्याद थपिएको बताएका छन् । यो म्याद अन्तिम रहेको उनले बताए । ‘सडक तथा पुलहरुको काम भईरहेको छ’
प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘काम भइरहेको अवस्थामा ठेक्का रद्द गर्न भएन्, अब काम रोकियो भने पर्खिदैन्, म्याद पनि थपिदैन् ।’ निर्माण व्यवसायीहरु सम्पर्कमा आईरहेको र अन्तिम म्याद अवधीमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको रिजालले जानकारी गराए ।
कटुवाखोलाको पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण सेवा प्रालिको हकमा जेठ २० गतेसम्म म्याद थपिए पनि काम भईरहेकाले कुनै कारवाही नभएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here