Saturday, April 20, 2024
Homeफिचरसरकारका संविधान विरोधी गतिविधि

सरकारका संविधान विरोधी गतिविधि

- Advertisement -spot_img

तुलसीपुर, ४ असोज । नेपाली काँग्रेसका नेताहरुले दुई तिहाईको कम्युनिष्ट सरकार संविधान विपरीत अघि बढिरहेको बताएका छन् । चौथो संविधान दिवसको अवसरमा नेपाली काँग्रेस दाङ क्षेत्र नम्वर ३ ‘ख’ ले शुक्रबार पश्चिम श्रीगाउँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने काँग्रेस नेताहरुले मन्त्रिपरिषद्ले गरेका निर्णय अख्तियारले हेर्न नपाउने सरकारको निर्णय संविधान विपरीत रहेको बताएका हुन् ।
साथै उनीहरुले केपी ओली नेतृत्वको सरकारका क्रियाकलाप हेर्दा नेकपा अहिलेको व्यवस्था तुहाउने षड्यन्त्रमा लागेको समेत दाबी गरे ।
क्षेत्र नम्वर ३ ‘ख’ का सभापति खिम बहादुर वलीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि ५ नम्वर प्रदेशका लेखासमिति सभापति डिल्लीबहादुर चौधरीले सरकारले संविधानका मूल्य मान्यतालाई कुल्चदै सरकार अघि बढ्नु दुखद् रहेको बताए ।
पूर्व श्रम तथा रोजगार राज्यमन्त्रीसमेत रहेका चौधरीले वर्तमान सरकारले आफ्ना कार्यकर्ताबाहेक देश र जनताको समृद्धि ल्याउन नसक्ने समेत ठोकुवा गरे ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि मोहन बरालले वर्तमान सरकारको मनपरी तन्त्रले अहिलेको व्यवस्था धरापमा पार्ने सत्ताधारीहरुको प्रपञ्च हुनसक्ने आशंका व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका पुर्व सांसद बरालले सरकार स्वयम् मैमत्ता भएर भ्रष्टाचारमा लिप्त भएकै कारण अहिलेको व्यवस्थाप्रति नकारात्मक सन्देश गईरहेकाले तत्काल सरकार नसच्चिए समयभन्दा पहिले सरकार ढल्न सक्ने चेतावनीसमेत दिए ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले कम्युनिष्टहरुले मत्ता बघिनीको शैलीमा योजनावद्ध रुपमा आक्रमणमा उत्रिएको भन्दै मत्ता बघिनीका दारा भाँच्न नेपाली काँग्रेस एकताका साथ तयार रहेको समेत टिप्पणी गरे ।
काँग्रेस महासमिति सदस्य केशव आचार्यले कम्युनिष्ट सरकारले यत्रतत्र निराशाबाहेक अरु कुनै उपलव्धि हासिल गर्न नसकेको तर्क गर्दै सरकारलाई सही बाटोमा हिडाउन पनि उपनिर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउनुपर्ने धारणा राखे ।
यस्तै अर्का महासमिति सदस्य खिम प्रसाद खरालले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने दायित्व पनि नेपाली काँग्रेसकै रहेको तर्क गरे । यस्तै महाधिवेशन प्रतिनिधि फल्कुदत्त भण्डारीले अर्को निर्वाचनपछि नेपाली काँग्रेसको सरकार बन्ने र देशलाई समृद्धितर्फ अघि बढाउने धारणा राखे ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा खड्का, नेपाली काँग्रेसका जिल्ला सदस्य यज्ञनारायण आचार्य, पूर्व महाधिवेशन प्रतिनिधि घनश्याम सेर्पाइली, टरिगाउँ गाविसका पूर्व उपाध्यक्ष रेशम बहादुर भण्डारी, शान्तिनगर गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष रवि बुढाथोकी,
जिपि फाउण्डेशन दंगीशरण गाउँपालिकाका संयोजक शम्भु गिरी, शान्तिनगर संयोजक नरेश डाँगी, नेपाल शिक्षक संघका प्रदेश सदस्य रामबहादुर केसी, ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष पूर्णबहादुर केसी,
नेपाली काँग्रेस साविक हेकुलीका इकाई सभापति शोभाखर न्यौपाने, काँग्रेस नेतृ पद्मा चौधरी, नेविसंघका नेता नविन योगी, दलित युवा नेता मेघराज सोनीलगायतले पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशील कोईरालाको नेतृत्वमा संविधान जारी भएकै कारण सबै अधिकार सम्पन्न भएको बताएका थिए ।
नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष भद्र खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रीय सचिव गोविन्द घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चूडामणि ढकालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here