Friday, March 29, 2024
Homeमुख्य खबरसमृद्धि र विकासमा बलियो प्रदेशः मुख्यमन्त्री

समृद्धि र विकासमा बलियो प्रदेशः मुख्यमन्त्री

- Advertisement -spot_img

नवलपरासी, ३ भदौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आइतबार आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गरे । संघीय संरचना अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सुनवल देशकै पहिलो बालमैत्री नगर (स्थानीय तह) बन्न सफल भएको हो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेशभन्दा ५ नम्बर प्रदेश समृद्धि र विकासका क्षेत्रमा बलियो प्रदेश बन्ने बताए । यस प्रदेशको चौतर्फी विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै उनले भौतिक पूर्वाधार, पर्यटन, आर्थिकलगायत सबै क्षेत्रका विकासका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ भने । प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशलाई समृद्धि र विकासतर्फ उन्मुख बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।
बालमैत्री स्थानीय शासनको अवधारणाअन्तर्गत बालबालिका क्षेत्रका विविध काम गरी देशमै पहिलो बालमैत्री नगर बन्न सफल भएको सो नगरपालिकाका प्रमुख भीमबहादुर थापा(भरत)ले जानकारी दिए । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका ४२ विविध सूचककोमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार सफलता हासिल गरेको छ । साविक सुनवल नगरपालिका यसअघि नै ०७२ जेष्ठ ३२ गते देशको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको थियो । सङ्घीय संरचनाअनुसार थप तीन वडाले आवश्यक सबै सूचक र लक्ष्य पूरा गरिसकेको छ । सेवा प्रवाह सम्बन्धी २७ र संस्थागत तर्फ १२ र अन्य तीन गरी कूल ४२ सूचकमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार उपलब्धि हासिल छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here