Tuesday, April 16, 2024
Homeमुख्य खबरसमुदाय–प्रहरी पालिका समिति

समुदाय–प्रहरी पालिका समिति

- Advertisement -spot_img

दंगीशरण, १९ मंसिर । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मंगलबार दंगीशरण गाउँपालिकाको वडा नम्बर ६ मा समुदाय साझेदारी प्रहरी वडा समिति गठन गरिएको छ । वडामा समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्देश्यले समूह गठन गरिएको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष टंक वलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । जसको सह–संयोजकमा बागर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जोरासिंह अधिकारी रहेका छन् । त्यस्तै सदस्य सचिवमा वडा सचिव देवबहादुर डाँगी, सदस्यहरुमा वडा नम्बर ६ का महिला सदस्य हिरा चौधरी, टिकाराम चौधरी, नेपाल रेडक्रस सोसाइटी बागरका उपशाखा प्रमुख शिव सुन्दर बुढाथोकी, ॐ शान्ति महिला आमा समूहका सदस्य भवानी लामिछाने, नागरिक समाजका बसन्त कुमार डाँगीलगायत रहेका छन् । श्री सिद्ध जनता क्याम्पस श्रीगाउँ ब्यवस्थापक समितिका अध्यक्ष विनोद कुमार राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण गरिवी निवारणका सामाजिक परिचालक कृष्णा गौतमले गरेका थिए । प्रहरीले गाउँपालिकामा समुदायमा सचेतना प्रदान गर्नुका साथै प्रहरी र जनताबीचको सहकार्य सहज बनाउनका लागि गाउँपालिकाको सबै वडामा समुदाय–प्रहरी पालिका समिति गठन गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here