Friday, March 29, 2024
Homeफिचरसमाज रुपान्तरणमा सबैको भूमिकाः वैदिक

समाज रुपान्तरणमा सबैको भूमिकाः वैदिक

- Advertisement -spot_img

तुलसीपुर, ८ कात्तिक । समाज रुपान्तरणका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल दाङले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । सवैको नागरिकका चाहना भनेकै समाजको रुपान्तरण हो त्यसैले एक भएर लागे शान्ति र विकासले गति लिने उनले बताए । देश अब समृद्धिको दिशामा उन्मुख रहेको भन्दै वैदिकले सबैमा ईच्छा शक्ति जागृत गरेर देशलाई समृद्धितर्फ लैजानु पर्ने बताए । देश चलाउने जिम्मा भनेकै कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाले हो तर, ति तीन अंगका बीचमा समस्या देखिए देश सही दिशामा आगाडि बढ्न नसक्ने उनले बताए । सबै अंगको आफनो–आफनो काम रहेको तर एकलाई अर्कोले अधिनमा राख्न खोज्नु दुर्भाग्य हुने उनको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै वैदिकले संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायाधीश बनाएको तर कानूनी ज्ञानको अभावमा सत्य र निष्पक्ष न्याय हुन्न कि भन्ने शंका रहेको बताए । न्याय परिषद्ले स्थानीय तहका उपप्रमुखहरुलाई तालिम दिएर साच्चिकै न्याय दिन सक्ने न्यायधीश बनाउनु आवश्यक रहेको उनको भनाइ रहेको थियो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको चियापान कार्यक्रममा नागरिक अगुवा टिकाराम रेग्मीले सबैमा जिम्मेवारीको बोध भएमात्र देशमा विकास र सुशासन कायम हुने बताएका थिए ।
उनले प्रत्येक नागरिकले आफूलाई जिम्मेवार नागरिक ठानेर प्रस्तुत भएमात्रै विकास र सुशासन कायम हुने भन्दै आफूले पनि नगर्ने र अरुले गरेको समेत जस नदिने प्रवृत्ति बढेका कारण सबै क्षेत्रमा समस्या देखिएको बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, महिला अधिकारकर्मी शुष्मा गिरी, पत्रकार नारायणी रजौरे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमकोे सञ्चालन क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here