Friday, March 29, 2024
Homebreaking-newsसभा सम्मेलन गर्न रोक

सभा सम्मेलन गर्न रोक

- Advertisement -spot_img

दाङ, २२ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जिल्लामा कुनै किसिमका मेला, भेला, महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध सबैमा अनुरोध गरेको छ ।
कोरोना भाइरस भिडभाडमा फैलिन सक्ने भएकाले जमघट नहुने कार्यक्रम नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
‘कोरोनाको संक्रमण विश्वभर फैलिन थालेको अवस्थामा नेपालमा पनि सर्तकताका लागि विभिन्न किसिमका जमघट हुने कार्य नगर्न अनुरोध गरेका छौँ’ उनले भने–‘नाकामा पनि सवारी साधनमा जाँचलाई कडाई गरेका छौँ ।’
विश्वभर कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले पनि कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेरजस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न यसअघि सूचना सार्वजनिक गरिसकेको छ ।
दाङमा पनि कोरोनाबाट बच्नका लागि सभा सम्मेलन नगर्न अनुरोध गरिएको हो । दाङका सिमा नाकामा आवात–जावतमा सर्तकता अपनाएको छ ।
कोराना भाइरसले अहिले सबैलाई त्रास बनाइरहेको छ । भारतबाट नेपाल भित्रिने यातायातबाट कोरोनाको संक्रमण नेपालमा फैलने सम्भावना भएको हुनाले सोही कारणले गर्दा नाकामा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र सजगताका लागि जिल्लाका सबै पालिका, विभिन्न संघसंस्थालगायतलाई विभिन्न किसिमका जमघट हुने कार्यक्रम नगर्न अनुरोध गरिएको उनले बताए । केही स्थानीय तहले पनि सभा सम्मेलन नगर्न आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगर–पालिकाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसलगायत सबै कार्यक्रमहरू पनि अर्को सूचना न आउँदासम्मका लागि स्थगित गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै बबई गाउँपालिकाले पनि सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता टंकराज विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै २० जना वा सो भन्दा बढी सहभागी हुने कार्यक्रमहरू नगर्न अपिल गरेका छन् । गाउँपालिकाले गर्ने सबै किसिमका कार्यक्रम स्थगित गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here