Friday, April 19, 2024
Homeमुख्य खबरसञ्चार मन्त्रीलाई युनियनको ज्ञापनपत्र

सञ्चार मन्त्रीलाई युनियनको ज्ञापनपत्र

- Advertisement -spot_img

घोराही, ३१ साउन । नेपाल प्रेस युनियन दाङले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत सञ्चार मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पत्रिकाको वर्गीकरणप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन दाङले प्रमुख जिल्ला अधिकारीमार्फत सञ्चार मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको पदाधिकारीको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो । प्रेस काउन्सिल नेपालले गत साउन २४ गते गरेको पत्रिका वर्गीकरण निष्पक्ष नभएको र निष्पक्ष छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाईएको युनियनका अध्यक्ष बस्नेतले बताए । राजनीतिक आधारमा पत्रिका वर्गीकरण गरिएको, बोर्ड बैठकसमेत नबसी पत्रपत्रिका वर्गीकरणमा गरिएको भन्दै नेपाल प्रेस युनियनले बिहीबार दाङलगायत ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सञ्चार मन्त्रीलाई ज्ञापनपत्र पठाएको अध्यक्ष बस्नेतले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here