Monday, April 15, 2024
Homeमुख्य खबरसंस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय बेलझुण्डीमै सार्ने तयारी

संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय बेलझुण्डीमै सार्ने तयारी

- Advertisement -spot_img

तुलसीपुर, १६ साउन  ।
सरकारले नेपाल संस्कृत विश्वविद्यालयको सबै कार्यालयहरु केन्द्रीय कार्यालय बेलझुण्डीमै सार्ने तयारी गरेको छ । २०७२ जेठ २ गते बसेको मन्त्रीपरिषद् बैठकले संस्कृत विश्वबिद्यालयका काठमाडौँस्थित सम्पर्क कार्यालयहरु खारेज गर्ने निर्णय गरेपनि विश्वविद्यालयले पुनः बाल्मीकी विद्यापीठमा सम्पर्क कार्यालय केन्द्रित गरेको पाइएको थियो ।
विश्वविद्यालयका सम्पर्क कार्यालयहरु काठमाडौँमा ल्याइएपछि संयुक्त विद्यार्थी संगठनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समक्ष ध्यानाकर्षण गराएको अनेरास्ववियु दाङका सचिव गोपाल रेग्मीले जानकारी दिए । विद्यार्थी संगठनहरुले सरकारले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘संस्कृत विश्वविद्यालयका काठमाडौँस्थित सम्पर्क कार्यालयका सम्पूर्ण निकायहरु विश्वविद्यालयमै समायोजन गर्ने कार्य तत्काल कार्यान्वयन गरियोस् ।’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले यस विषयमा आफू गम्भीर रहेको र सरकारले संस्कृत विश्वविद्यालयका सम्पर्क कार्यालयहरु बेलझुण्डीमा सार्ने तयारी गरेको बताए । विज्ञप्तिमा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नरेश रेग्मी, अखिल क्रान्तिकारीका विभाग सचिव विष्णु चौधरी, अनेरास्ववियुका दाङ जिल्ला अध्यक्ष वीरबल खड्का, नेविसंघ दाङका अध्यक्ष राजकुमार डाँगी र अनेरास्ववियु दाङका सचिव गोपाल रेग्मीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here