Monday, March 25, 2024
Homeफिचरसंयुक्त लालपूर्जाले बढाउँदै विश्वास

संयुक्त लालपूर्जाले बढाउँदै विश्वास

- Advertisement -spot_img

घोराही,  ६ जेठ ।
विहे भएको करिब १८ वर्षपछि घोराही उप–महानगरपालिका–१२ हापुरका एक युवाले केही महिना अघि श्रीमतीको नाममा जग्गा पास दिए, तर परिवारको खुुसीको लागि भन्दै सम्पत्ति श्रीमतीको नाममा पास गरेका तेजबहादुर बस्नेतलाई परिस्थिति सोंचेको भन्दा फरक भइदियो । जीन्दगीको सुख, दुःखको एकमात्र विश्वासको पात्र श्रीमतीले विश्वासघात गरेपछि सम्पति पाउनुपर्ने माग गर्दै विभिन्न निकायमा धाउन बाध्य भएका छन् ।
श्रीमान–श्रीमतीले संयुक्त लालपूर्जा बनाउने जानकारी नहुँदा सास्ती श्रीमतीको नाममा भएको जग्गा पास दिएपछि घर न घाटको भएका छन् । उनी भन्छन् ‘भएको सम्पत्ति उसले लगेर गई फिर्ता पाउछु होला भन्दा कानुनले दिदैन् भन्छन् अब के गर्नु ?’ पति–पत्नीले संयुक्त लालपूर्जा बनाएको भए यो अवस्था आउने थिएन, त्यो बेलामा मलाई कसैले भनेन् । श्रीमान–श्रीमतीले संयुक्त लालपूर्जा बनाउँदा धेरै फाइदा हुने गरेपनि जनचेतनाको अभावका कारण जोडीले संयुक्त लालपूर्जा बनाउनेको संख्या बढ्न सकेको छैन् । सम्पत्तिमा दम्पतिको समान अधिकार भनेर नीति निर्माण भएपनि यसको सफल कार्यान्वयन हुन सकेको छैन् ।

श्रीमान–श्रीमतीले संयुक्त लालपूर्जा बनाउँदा धेरै फाइदा हुने गरेपनि जनचेतनाको अभावका कारण जोडीले संयुक्त लालपूर्जा बनाउनेको संख्या बढ्न सकेको छैन् । सम्पत्तिमा दम्पत्तिको समान अधिकार भनेर नीति निर्माण भएपनि यसको सफल कार्यान्वयन हुन सकेको छैन् ।


संयुक्त लालपूर्जाको लागि कार्यविधि पारित भएको करिब तीन वर्ष हुनै लाग्दा दाङमा संयुक्त लालपूर्जा बनाउनेको संख्या बढ्न नसकेको हो । जिल्लामा संयुक्त लालपूर्जा बनाउनेबारे अधिकांशलाई जानकारी नहँुँदा संयुक्त लालपूर्जा बनाउनेको संख्या बढ्न सकेको छैन् । जिल्लाका सहरका दम्पत्तिले संयुक्त लालपुर्जा बनाउने गरेपनि ग्रामीणस्तरमा अझै उल्लेख्यरुपमा बढ्न नसकेको हो । ग्रामीणस्तरसम्म संयुक्त लालपूर्जा बनाउनेबारे जानकारी नपुग्दा जोडीले संयुक्त लालपुर्जा बनाउने संख्या बढ्न नसकेको जिल्ला मालपोत कार्यालय दाङका प्रमुख रामप्रसाद खनालले बताए ।
 
श्रीमान–श्रीमतीले संयुक्त रुपमा लालपूर्जा बनाउँदा राजस्व पनि एकसय मात्रै लाग्ने गरेको छ । संयुक्त लालपूर्जा बनाउँदा श्रीमान–श्रीमती बीचमा एकअर्काप्रति विश्वास बढ्ने र सम्बन्ध अझ बलियो हुने उनको भनाइ छ । अहिले संयुक्त लालपूर्जा बनाएका जोडीको विश्वास बढ्दै गएको छ ।


दाङमा ४१ जोडीले संयुक्त लालपूर्जा बनाए

दाङमा अहिलेसम्म ४१ जोडीले संयुक्त लालपूर्जा बनाएका छन् । संयुक्त लालपूर्जा बनाउँदा श्रीमान–श्रीमतीको सम्बन्ध अझ बलियो हुने भन्दै ४१ जोडीले संयुक्त लालपूर्जा बनाएका हुन् । सम्पत्ति श्रीमान–श्रीमतीको नाममा राख्नुलाई संयुक्त लालपूर्जा भनिन्छ ।
सरकारले सम्पत्तिमा दम्पत्तिको समान अधिकार नीति आएको करिब तीन वर्षको अवधिमा जिल्लामा ४१ जोडीले संयुक्त लालपूर्जा बनाएको जिल्ला भूमि अधिकार मञ्चका संयोजक रेमन्त चौधरीले जानकारी दिए । घोराही उप–महानगरपालिकाका १५ जोडीले संयुक्त लालपूर्जा बनाएका छन् । त्यस्तै गढवा गाउँपालिका १५, राप्ती गाउँपालिकाका ९ र लमही नगरपालिका २ जोडीले संयुक्त लालपूर्जा बनाएको संयोजक चौधरीले जानकारी दिए ।
संयुक्त लालपूर्जा बनाउँदा धेरै फाइदा भएकोले ग्रामीणस्तरमा चेतना फैलाउन आवश्यक रहेको संयोजक चौधरीले बताए । महिला, पुरुष दुबैजनालाई फाइदा हुने भन्दै संयुक्त लालपूर्जा बनाउनका लागि जिल्ला भूमि अधिकार मञ्चले भूमिका खेलिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here