Thursday, April 18, 2024
Homeमुख्य खबरश्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने

- Advertisement -spot_img

तुलसीपुर, ४ भदौ । तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । भद्रकाली मन्दिर निर्माण तथा धर्मशाला निर्माणार्थ यही भदौ ७ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।
हिन्दूधर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गर्न लागेको महायज्ञ मुल आयोजक समितिका संयोजक विनोद अधिकारीले जानकारी दिए ।
‘मन्दिर निर्माण गर्नका लागि आवश्यक बजेट छैन्, धर्मशाला पनि निर्माण गर्नुपर्ने छ’ उनले भने ‘महायज्ञबाट संकलित रकमले मन्दिर र धर्मशाला निर्माणमा सहयोग पुग्नेछ ।’
महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवताका अभियान्ता हरिचन्द्र तिमल्सिना रहने भएका छन् । त्रिमूर्ति शिव मन्दिरको प्राङ्गणमा सञ्चालन हुन लागेकोे महायज्ञलाई सफल बनाउन प्रचारप्रचार तथा मञ्च व्यवस्थापनको काम भइरहेको स्वयम्सेवक संयोजक घनश्याम बस्नेतले बताए ।
महायज्ञमा एक लाखभन्दा बढी दान रकम सहयोग गर्ने दानदातालाई बजार परिक्रममा गराइने भएको छ । त्यस्तै ७० हजारदेखि १ लाखसम्म दान गर्ने दातालाई घरबाटै पञ्चेबाजासहित महायज्ञ स्थलमा परिक्रमा गराइने,
५० हजारदेखि ७० हजारसम्म दान गर्ने दातालाई पञ्चेबाचासहित महायज्ञस्थलमा परिक्रममा गराईने आयोजकले जनाएको छ । महायज्ञमा लाखबत्ती जागराम, महात्म्य कथाका साथै भजनकीर्तनसमेत हुने मूल आयोजक समितिले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here