Friday, April 19, 2024
Homeफिचरश्रद्धा स्मृति कोषबाट छात्रवृत्ति

श्रद्धा स्मृति कोषबाट छात्रवृत्ति

- Advertisement -spot_img

तुलसीपुर, २९ फागुन । देवबहादुर वली तथा श्रीमती सुशीला वलीले छोरी श्रद्धा वलीको स्मृतिमा श्रद्धा स्मृति कोष स्थापना गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ श्रद्धा टोलमा अवस्थित शारदा सिस्ने बोर्डिङ स्कुलमा उक्त कोष स्थापना गरिएको हो । विद्यालयमा अध्ययनरत २० जना छात्रछात्राहरुलाई कोषबाट छात्रवृत्ति प्रदान गरिने दम्पत्ति वलीले जानकारी दिए ।
विद्यालयमा नयाँ भर्ना तथा अध्ययन गरिरहेका छात्रछात्राहरुलाई २०७६ को नयाँ भर्नाबाट उक्त छात्रवृत्ति प्रदान गरिने छ । गरिब, दलित, जेहेन्दार, अपाङ्ग तथा पिछडिएका वर्गका २० जनालाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिन्सिपल मिनकुमार आचार्यले जानकारी दिए ।
विद्यालयले उक्त कोषबाट छात्रवृत्तिका लागि विद्यालय प्रशासन, शेयर सदस्य, शिक्षक, शिक्षिका, अभिभावक, शिक्षाप्रेमी तथा विभिन्न टोलका अध्यक्षहरु छलफल गरेको छ । छलफलबाट विद्यालयमा नयाँ भर्नामा आउने र पुराना अन्य विद्यार्थीहरुलाई छनौट गरी छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको विद्यालयको कोर्डिनेटर विनयध्वज वलीले जानकारी दिए ।
उक्त छलफलमा विद्यालयका प्रधानाध्यापक मिनकुमार आचार्य, अभिभावक, विशाल नगर टोल विकास संस्थाका अध्यक्ष कुलबहादुर भण्डारी, श्रद्धा नगर टोल विकास संस्थाका अध्यक्ष ओमलाल बुढाथोकी, बौद्ध नगर टोल विकास संस्थाका अध्यक्ष धनबहादुर केसी लगायतको सहभागिता रहेको थियो । छलफलको सहजीकरण विद्यालयका संस्थापक शेयर सदस्य नवराज वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here