Wednesday, March 27, 2024
Homeमुख्य खबरशैक्षिक सुधार गर्न प्रधानाध्यापकहरुसँग छलफल

शैक्षिक सुधार गर्न प्रधानाध्यापकहरुसँग छलफल

- Advertisement -spot_img

मसुरीया (दाङ), ४ मंसिर । राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहको शैक्षिक गुणस्तर सुधारका लागि सोमवार प्रधानाध्यापकहरुसँग छलफल गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा बसेको बैठकमा विद्यालयको प्रशासन, तथा विद्यार्थीको शैक्षिक अवस्थालाई राम्रो बनाउन र आगामी परिक्षाको नतिजा अनुसार विषयगत शिक्षक तथा प्रधानाध्यापकहरुको गुणस्तर तथा कार्य क्षमताको मूल्याङ्कन गरिने प्रधानाध्यापकहरुलाई जानकारी गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
बैठकले राप्ती गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा आधारभूत तह तथा माध्यमिक तहमा विभिन्न अवधिको लिखित परीक्षा सञ्चालन गर्न आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन तथा ब्यवस्थापन कार्यविधि २०७४ मा ब्यवस्था भए बमोजिम परीक्षा समितिसमेत गठन गरेको छ ।
शिक्षा अधिकृत अध्यक्ष तथा स्रोतब्यक्ति राजेन्द्र कुमार घिमिरे सदस्य सचिव रहने गरी मावि लालमटियाका गणित शिक्षक किरण पोख्रेल, मावि मौरीघाटका विज्ञान शिक्षक शिवप्रसाद भुसाल, मावि सिसहनियाका नेपाली शिक्षक शोप बहादुर मल्ल, मावि लालमटियाका अंग्रेजी शिक्षक ईन्द्र बहादुर विक, प्रावि मौरीघाटका सामाजिक शिक्षक कुलराज जैशी, मावि पीपरीका ऐच्छिक तथा कम्प्युटर शिक्षक सुनिल चौधरी, प्रावि पुल्चोककी अन्य ऐच्छिक विषय शिक्षक बसन्ता केसी सदस्य रहेको परीक्षा समिति गठन गरिएको छ ।
साथै बैठकले सबै राप्ती गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई आर्थिक वर्ष २०७४÷ ०७५ को अन्तिम लेखापरिक्षण गर्नका लागि सूचिकृत लेखा परिक्षकहरुबाट तीनजनाको नाम छनौट गरी विद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णयसहित गाउँपालिकामा आगामी ७ गतेभित्र पठाउन निर्देशन समेत गरेको छ ।

अनुगमनलाई निरन्तरता

यसैबीच राप्ती गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षा तथा पशुपालक कृषकको फाईदाको लागि अनुगमनलाई निरन्तरता दिएको छ । राप्ती गाउँपालिकाले दुईवटा स्वास्थ्य चौकीमा नागरिकको स्वास्थ्य रक्षाका लागि डाक्टरको ब्यवस्था तथा तीन स्थानका स्वास्थ्य इकाई स्थापना गरी सेवा दिदै आएकोमा ति स्वास्थ्य संस्थाबाट कस्ता सुविधा नागरिकले पाउँदै आएका छन् भनेर अनुगमन गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
अनुगमनमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, सञ्चार संयोजकलगायतको सहभागिता रहेको थियो । राप्ती गाउँपालिकाको अनुगमनमा चिकित्सकसहितको स्वास्थ्य उपचार सेवाको प्रभावकारिताबारे सिसहनिया स्वास्थ्य चौकीको र पशु सेवा केन्द्र मौरीघाटले दिईरहेको सेवाको अवस्था अनुगमन गरिएको हो । मानव स्वास्थ्यप्रति स्वास्थ्य चौकीले नियमित तथा प्रभावकारी तवरले सेवा दिएको छ वा छैन एवं पशु सेवा केन्द्रले पशुपंक्षीको सुरक्षा तथा पशुपालक कृषकलाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा अनुगमन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here