Thursday, April 18, 2024
Homeफिचरशैक्षिक सामाग्री र पोषण भत्ता प्रदान

शैक्षिक सामाग्री र पोषण भत्ता प्रदान

- Advertisement -spot_img

सल्यान, २८ असार । सल्यानको रीममा सुत्केरी आमाहरुलाई पोषण पत्ता र विपन्न बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर–५ को वडा कार्यालयले शनिबार एक कार्यक्रमका बीच ९० जना आमाहरुलाई जनही एक हजार ३ सयको दरले एक लाख १७ हजार रुपैयाँ नवजात शिशु र आमाको पोषण अवस्थामा सुधार ल्याउनका लागि वितरण गरेको हो ।
पोषण भत्ता पाएपछि खुशी हुँदै कपुरकोट–५ सल्लाम निवासी सुत्केरी आमा पूर्णिमा रानाले आफूले पाएको रकमले पोषिला खानेकुरा उत्पादन गर्ने बताइन् ।
‘हामीलाई वडा कार्यालयमा बोलाएर पोषिला खानेकुरा नियमित खानुपर्ने कुरा पनि सिकाइयो’ उनले भनिन्, ‘१३ सयको दरको भत्ता पनि पायौँ, बच्चालाई नियमित खोप लगाउनुपर्छ भनेर पनि सचेत बनाउनुभयो ।’
यस्तै खाली मिलन बजार निवासी आस्था विकले आफूले प्राप्त गरेको पोषण भत्ताले कुखुरापालन गरेर अण्डा तथा मासु उत्पादन गर्ने सोंच बनाएको बताइन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले गर्भावस्थादेखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा चेकजाँच र प्रसूति गृहमा नै सुत्केरी गराउनुपर्ने जनाउँदै बच्चा जन्मिएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने बताइन् ।
यस्तै ५ नम्बर वडा कार्यालयका वडा अध्यक्ष यम कुमार बस्नेतले आमा र बच्चाको सुरक्षाको लागि सुत्केरी महिलाहरुलाई प्रोत्साहन गर्न जरुरी ठानेर आफूहरुले सुत्केरी प्रोत्साहन पोषण भत्ता वितरण गरिएको जनाए ।
यस्तै वडा कार्यालयले आफ्नो वडाभित्र रहेका पाँचवटा सामुदायिक विद्यालयका एक सयजना विपन्न बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री पनि वितरण गरिएको बताए ।
उनीहरुलाई जनही एक जोड विद्यालय पोशाक, एक जोड झोला र दुई दर्जन कापी र कलम वितरण गरिएको वडा अध्यक्ष बस्नेतले जनाए । जसमा एक लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाए । गत वर्ष पनि वडा कार्यालयले विपन्न बालबालिकालाई यसप्रकारका सामाग्री वितरण गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here