Friday, March 29, 2024
Homeमुख्य खबरशैक्षिक गुणस्तरमा शिक्षकको दायित्व

शैक्षिक गुणस्तरमा शिक्षकको दायित्व

- Advertisement -spot_img

तुलसीपुर, २८ असार । नेपाल शिक्षक संघ दाङले शनिबार तुलसीपुरमा प्रवोधिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षकका विद्यमान समस्या समाधान र संगठनलाई चुस्तदुरुस्त बनाउने बिषयमा गम्भीर छलफल एवं प्रशिक्षण गरेको हो ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्तेतको अध्यक्षता एवं संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्को प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले शिक्षाका सवालमा देखिएका समस्या, पेशागत समस्यालगायतका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा विद्यमान शैक्षिक सवाल, पेशागत समस्या र समाधानको उपाय, सांगठनिक संरचना, सदस्यता नवीकरण, प्रस्तावित शिक्षा ऐनलगायतका बिषयमा छलफल भएको छ ।
कार्यक्रमपछि संघको सूूचना सम्पर्क ब्यक्तिमा संघका जिल्ला सचिव प्रकाश डाँगीलाई चयन गर्ने निर्णय भएको छ । यसैगरी शिक्षक संघको १० वटा स्थानीय तहलाई सहजीकरण गर्नका लागि स्रोतब्यक्ति पनि चयन गरिएको छ ।
कार्यक्रममा संघले तोकिएका सबै काम समय सीमाभित्र सकेर प्रतिवेदन सम्बन्धित तहमा पठाउने निर्णय भएको नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश डाँगीले जानकारी दिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रकाश डाँगीले गरेका थिए ।

शिक्षकलाई बधाई एवं सम्मान

नेपाल शिक्षक संघ तुलसीपुरले शिक्षक सेवा आयोगको परीक्षामा सफल हुने शिक्षकलाई बधाई ज्ञापन गरेको छ । संघले शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर आयोगमा नाम निकाल्ने तुलसीपुर उपमहानगरपालिकाभित्रका शिक्षकलाई बधाई एवं सम्मान गरेको हो ।
नेपाल शिक्षक संघ तुलसीपुरका अध्यक्ष लेबेन्द्र केसीको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यतामा बधाई एवं सम्मान कार्यक्रम भएको हो ।
कार्यक्रममा उपमहानगरपालिकाभित्र आयोगमा नाम निकाल्ने २४ जना शिक्षकलाई आगामी कार्यकालको शुभकामनासहित बधाई एवं सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्का, प्रदेश अध्यक्ष अर्जुनकुमार योगी, केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने, निवर्तमान केन्द्रीय उपमहासचिव सुशीला सुवेदी, जिल्ला अध्यक्ष युवराज बस्नेतलगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण सचिव तिलकराज डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here