Friday, March 29, 2024
Homeमुख्य खबरशुभकामना आदानप्रदान

शुभकामना आदानप्रदान

- Advertisement -spot_img

घोराही, ६ कार्तिक । घोेराही उपमहानगपालिका वडा नं. १४ को वडास्तरीय बाल सञ्जालले शुभकामना आदानप्रदान गरेको छ । वडास्तरीय बाल सञ्जालको आयोजनामा भएको कार्यक्रमका सहभागीहरूले समाज परिर्वतनका लागि बालबालिकाको भूमिका महत्व पूर्ण हुने बताएका थिए ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही उपमहानगरपालिका बालमैत्री नगर बनाउनका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरेका थिए । प्रमुख अतिथिसमेत रहेका डाँगीले आगामी बर्षसम्म वडा नं. १४ लाई बालमैत्री घोषणा गर्ने तयारी रहेको बताउँदै त्यसमा बालबालिकाले सहयोग गर्नुपर्ने बताएका थिए ।
त्यस अवसरमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख शशी शर्माले बालबालिका दुव्र्यसनीबाट बच्नुपर्ने उल्लेख गरे । कार्यक्रममा वडा सदस्य गुलाम रशुल, फुलमति नेपाली, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, युवा मोर्चाको अनिल सेर्पाइलीलगायतले बोलेका थिए । बाल सञ्जालका अध्यक्ष चन्द्रप्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमला डाँगीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here