Tuesday, March 26, 2024
Homeमुख्य खबरशिवपुरमा शहरी स्वास्थ्य केन्द्र

शिवपुरमा शहरी स्वास्थ्य केन्द्र

- Advertisement -spot_img

घोराही, ९ कात्तिक । घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिवपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछिको नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति पारित गरेको थियो । सोही नीति अनुसार नागरिकहरुको स्वास्थ्य उपचारलाई पहुँचयुक्त बनाउन शहरी स्वास्थ्य केन्द्र स्थापना भैरहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । कुनै पनि बिरामीहरुलाई उपचारबाट बञ्चित हुन नपरोस् र निःशुल्क उपचार होस् भन्ने हेतुले वडाहरुमा वडाबासीको पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरु स्थापना भैरहेको उनको भनाइ छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ११ को शिवपुरमा शहरी स्वास्थ्य केन्द्रका नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गरेकी छन् । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक प्रमुख न्यौपानेले रिवन काटेर स्वास्थ्य केन्द्रको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै न्यौपानेले नागरिकहरुलाई स्वास्थ राख्न र कुनै पनि समस्या भए सम्भव भएसम्मका उपचारहरु घर नजिकैबाट प्रवाह गर्नका लागि वडाहरुमा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भैरहेको जानकारी दिइन् ।
गाउँमै स्वास्थ्य उपचार गराउने र जटिल प्रकारका रोगीहरुलाई उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको समेत जानकारी दिइन् । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, नगरका सल्लाहकार रमेशकुमार अधिकारी, नगरका जनस्वास्थ्य प्रवद्र्धन समिति संयोजक खोपीराम चौधरी, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जनस्वास्थ्यलाई सम्पत्तिका रुपमा बुझ्न आग्रह गरे । उक्त शहरी स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधीहरु निशुल्क रुपमा पाइने केन्द्रका इन्चार्ज शिवबहादुर कँवरले जानकारी दिए । साथै प्राथमिक उपचार, गर्भवती जाँच, टिबिको उपचार, परिवार नियोजनका साधन वितरण, परामर्श, खोपलगायतका उपचार सेवासमेत दिइने उनको भनाइ छ । कार्यक्रमको सहजीकरण वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here