Friday, April 19, 2024
Homeफिचरशिक्षा जीवनोपयोगी र प्रविधियुक्त

शिक्षा जीवनोपयोगी र प्रविधियुक्त

- Advertisement -spot_img

तुलसीपुर, २४ भदौ । एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीले अबको शिक्षा जीवनोपयोगी हुनुपर्ने बताएका छन् । एन प्याव्सन दाङले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारी शुक्रबार आयोजित जिल्लास्तरीय वादविवाद प्रतियोगिताको उद्घाटन कार्यक्रममा वोल्दै डाँगीले त्यस्तो बताएका हुन् । अबको आवश्यकता जिवनोपयोगी शिक्षा रहेको भन्दै त्यसका लागि विद्यालयहरु तयार हुनुपर्ने डाँगीको भनाई थियो । परम्परागत शिक्षाले अब काम नगर्ने भन्दै त्यस अनुसार तयार हुन विद्यालयहरुलाई उनले आग्रह गरे । साथै डाँगीले जीवनोपयोगी शिक्षा प्रदान गर्ने खालको नीति बनाउन जनप्रतिनिधिहरुलाई सुझाव दिए । आफुहरुले सरकारको सबैलाई शिक्षा भन्ने नारालाई सफल पार्नका लागि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको डाँगीको भनाई रहेको थियो । साथै उनले आफ्नो स्थानीय तहको शिक्षालाई कस्तो बनाउने भन्ने जिम्मा अब स्थानीय तहको हातमा आएको भन्दै निजी र सामुदायिक दुबैलाई मान्य हुने नीति बनाउन सुझाव दिए । साथै उनले अबको शिक्षा कस्तो बनाउने भन्ने जिम्मा पनि स्थानीय तहमा आएको बताए ।
एनप्याव्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा एनप्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विक र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा समिति संयोजक देवराज विकले निजी विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरेर सरकारलाई ठूलो सहयोग पु¥याएको बताए । विकले तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र निजी दुबै विद्यालयहरुलाई समान दृष्टिकोणले हेरेको भन्दै नगरको समग्र शिक्षा सुधार गर्न लागि परेको दाबी गरे । उनले आफूहरुले नगरको शिक्षालाई राम्रो र प्रभावकारी बनाउनका लागि निजी र सामुदायिक दुबैसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै वडा नम्वर ७ का अध्यक्ष टोप बहादुर केसीले अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको चौतर्फि विकासका लागि सहयोगी हुने बताए । विद्यालयहरुले अतिरिक्त क्रियाकलापलाई विशेष ध्यान दिनुपर्ने भन्दै योगलाई समेत विद्यालयमा अनिवार्य गराउन सुझाव दिए ।

जिल्लास्तरीय वादविवाद प्रतियोगिता

यसैबीच जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा राप्ती बाल एकेडेमीका किरण भुसाल प्रथम, शिखा स्कुलका पार्वता रिसाल द्वितीय, शिखा स्कुलकै केदार भण्डारी तृतीय र मिडवेष्ट प्वाइन्ट एकाडेमीका मनु मल्ल सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाणपत्र, ट्रफि तथा पुरस्कार प्रदान गरिएको थियो । शारदा विद्या मन्दिर रक्षाचौरमा भएको प्रतियोगितामा एनप्याव्सन दाङमा आवद्ध १८ विद्यालयका ३६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक भुवन वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा धन्यवाद एनप्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतमले तथा सञ्चालन सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here