Sunday, April 14, 2024
HomeUncategorizedशिक्षक विद्यार्थीलाई विज्ञान शिक्षण

शिक्षक विद्यार्थीलाई विज्ञान शिक्षण

- Advertisement -spot_img

तुलसीपुर, १८ फागुन । विद्यार्थी तथा शिक्षकलाई विज्ञानको पाठ्यक्रमको विषयमा शुक्रबार तुलसीपुरमा जानकारी गराइएको छ । विज्ञान समाज दाङको आयोजना तथा आठराई, ओएसिस र नोभा पब्लिकेशनको सहयोगमा तुलसीपुर क्षेत्रका एकसय विद्यालयका विद्यार्थी तथा विज्ञान शिक्षकहरुलाई के पढ्ने, कसरी पढ्ने किन पढ्ने, विज्ञान पाठ्यक्रम, प्रश्नपत्र र उत्तरपुस्तिका, लेखन शैलीको बारेमा जानकारी गराइएको हो ।
प्रशिक्षण पाठ्यक्रम विकास केन्द्र सानोठिमीका विज्ञ डा. चिन्तामणि पन्थीले दिएका छन् । यो कार्यक्रम आज लमहीमा आइतबार घोराही क्षेत्रमा कार्यक्रम गरिन लागेको पब्लिकेशनका मार्केटिङ अफिसर ढुण्डीराज अर्यालले जानकारी दिए ।
नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक तालिम केन्द्रका प्रशिक्षक डिल्लीकान्त आचार्य, प्याब्सनको जिल्ला उपाध्यक्ष विजय जिएम, एन प्याब्सनका उपाध्यक्ष भोजराज न्यौपाने, विज्ञान शिक्षक समाज तुलसीपुरका उपाध्यक्ष थानेश्वर आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको बारेमा जानकारी पब्लिकेशनका मार्केटिङ अफिसर ढुण्डीराज अर्यालले गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव कमल भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here