Thursday, March 28, 2024
Homeफिचरशान्तिनगरमा सामाजिक परिक्षण

शान्तिनगरमा सामाजिक परिक्षण

- Advertisement -spot_img

शान्तिनगर, १८ असार । शान्तिनगर गाउँपालिकाअन्तर्तगका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य संस्थाको वार्षिक प्रगति, सेवा प्रवाहको बारेमा सामाजिक परिक्षण गरिएको छ । गाउँपालिकाअन्तर्गतका धनौरी, बाघमारे स्वास्थ्य चौकी र मातहतका वडा स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण गरिएको हो ।
यसैबीच मंगलबार शान्तिनगर स्वास्थ्य चौकीको सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य चौकीको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य चौकीको सेवा प्रवाहको बारेमा सामाजिक परिक्षण गरिएको हो ।
कार्यक्रममा सहभागीले सरोकारवालाहरुले स्वास्थ्य चौकीको सेवामा आधुनिकता कायम गर्नुपर्ने र सेवा सुविधा विस्तार गरिनुपर्ने बताएका थिए ।
धनौरी स्वास्थ्य चौकी वडा नम्बर ५ मा भएपनि अन्य वडा नम्बर ६ र ७ का नागरिकले पनि स्वास्थ्य सेवा लिएको भन्दै सहभागीले स्वास्थ्यको चौकीमा सेवा सुविधालाई थप गुणस्तर बनाउन सबैको साथ अनिवार्य भएको बताएका छन् ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर केसीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डाँगीले स्वास्थ्यको सेवा प्रवाह राम्रो भएको भन्दै थप व्यवस्थापन र सुधारका लागि गाउँपालिका लागि रहेको बताए । उनले स्वास्थ्यका समस्या समाधान भएका त्यसको उचित व्यवस्थापनमा गाउँपालिका लागेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत केसीले समस्याहरुलाई नीतिगत रुपमा नै सुधार गरिने बताए । स्वास्थ्य चौकीमा सेवा लिने बिरामीको संख्या बढ्दो अवस्थामा रहेको भन्दै स्वास्थ्य चौकीको सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख इच्छा महतले स्वास्थ्य चौकीको सेवा प्रवाहको बारेमा जानकारी गराएकी थिइन् भने सामाजिक परिक्षणको जिम्मा पाएको संस्था तुलसीपुर मिडियाको तर्फबाट निर्देशक गोपाल शर्मा भट्टराईले पूर्व अध्ययनको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि पुन, सहसंयोजक, घनश्याम पाण्डे, अहेव दुर्गा बहादुर केसीलगायतले धारणा राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here