Friday, March 29, 2024
Homeसमाजशान्तिनगरमा नर्सरी तालिम

शान्तिनगरमा नर्सरी तालिम

- Advertisement -spot_img

तुलसीपुर, २५ चैत । पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा नर्सरी तालिमको समापन गरिएको छ । तालिम समापनको अवसरमा बोल्ने वक्ताहरुले कृषिको माग दिनानुदिन बढ्दै गैरहेको भन्दै आधुनिक तरिकाबाट परिणाममुखी उत्पादनमा जोड दिनुपर्ने बेला आएको बताएका थिए । उनीहरुले जमिन, हावापानी र मौसमको पहिचान गरेर ब्यवसायिक खेतीको सुरुवात गाउँ–गाउँबाट सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
शनिबार एक कार्यक्रमका बीच वडा नम्बर ७ को आयोजनामा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पिमलाल वलिले नर्सरी तालिममा सिकेका कुराहरुलाई किसानहरुले ब्यबहारमा उतारेर उत्पादनमुखी काममा लाग्नुपर्ने सुझाव दिए । उनले भने ‘हामीले ७ नम्बर वडालाई नमुना र कृषिको क्षेत्रमा व्यापक परिवर्तनको अपेक्षा गरेका छौँ यसमा सबै वडाबासी र गाउँपालिकाको महङ्खवपूर्ण सहयोग चाहिन्छ ।’
सरसफाईयुक्त वडाको रुपमा स्थापित गर्न जनप्रतिनिधिसहितको कमान्डो फोर्ससमेत तयारीमा राखेको भन्दै वडा कार्यालय, टोल र बजारमा एकैसाथ अभियानको सञ्चालन गर्ने तयारीमा रहेकोसमेत जानकारी दिए ।
तालिम समापनका अवसरमा विशेष अतिथि रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गाउँ–गाउँमा आधुनिक कृषि पेशालाई फैलाउनुपर्ने बताए । उनले उत्पादनका माध्यमबाट गाउँलाई शहरसँग जोड्नुपर्ने बेला आएको समेत धारणा राखे । कार्यक्रममा वडा कार्यालयबाट बिदाई भएर जान लाग्नु भएका वडा सचिव राजेशकुमार गुप्ताले आफू कार्यरत हँुदा सहयोग गर्नु हुने पश्चिम दाङबासी र सञ्चारकर्मीहरुलाई धन्यवाद थिए ।
उक्त अवसरमा कृषि प्रशिक्षकका रुपमा सहभागी तेजप्रसाद शर्माले कृषकहरुलाई कसरी बढी उत्पादन र प्रविधिको प्रयोग गर्ने भन्नेबारे जानकारी गराए । कार्यक्रममा वडा सदस्यहरु दुर्गा विक, बुद्धिराज चौधरी, प्रशिक्षकहरु ललिता केसी र ओपेन्द्र बहादुर वलीले आ–आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव ज्ञानबहादुर परियारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here