Friday, April 19, 2024
Homeमुख्य खबरशान्तिनगरको बजेट पारित

शान्तिनगरको बजेट पारित

- Advertisement -spot_img

शान्तिनगर, ३१ असार । शान्तिनगर गाउँपालिकाको आर्थिक वर्ष ०७६÷७७ को बजेट पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले बजेट पारित गरेको हो । गाउँपालिकाको छैठौ गाउँसभाले सर्वसम्मत बजेट पारित गरेको गाउँपालिका प्रवक्ता रवि बुढाथोकीले बताए ।
केन्द्रीय सरकारको नीति अनुसार असार ९ गते नै बजेट प्रस्तुत भएको थियो । बजेटमाथिको व्यापक छलफलपछि मंगलबार मात्रै पारित गरेको प्रवक्ता बुढाथोकीले बताए । शान्तिनगरले यो बर्ष शिक्षा र स्वास्थ्य र भौतिक पूर्वाधारलाई बिषेश महत्व दिएको छ ।
छैठौं गाउँसभाको अध्यक्षता शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले गरेका थिए । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here