Friday, April 19, 2024
Homeसम्पादकीयशहर उज्यालो बनाऊ

शहर उज्यालो बनाऊ

- Advertisement -spot_img

शहरहरुलाई उज्यालो बनाउने उद्देश्यले केही वर्ष अघिदेखि तुलसीपुरका शहरमा राखिएका सौर्यबत्ती बल्ल छोडेका छन् । लाखौं लगानी गरेर सुरु गरिएका सौर्यबत्ती एक दुई वर्षमै बिग्रेको अवस्थामा रहनु राम्रो हैन ।
लगानी गर्ने निकायले त्यसको संरक्षण र विकासमा ध्यान नदिदा अहिले सौर्यबत्ती पनि प्रयोगमा नआउनुले राज्यको लगानी सदुपयोग नहुने मात्रै हैन उद्देश्यसमेत समस्यामा रहेको देखिन्छ ।
रातको समयमा समेत शान्ति सुरक्षालाई बलियो बनाउने उद्देश्यले बजार क्षेत्रमा जडान गरिएका सोलार बत्तीहरु बिग्रिएपछि सुरक्षा चुनौति पनि बढ्नु स्वभाविक बनेको छ ।
अहिले सडकमा जडान गरिएका सोलार बत्ती बिग्रिदा तुलसीपुर बजार क्षेत्र अन्धकार जस्तै बनेको छ । जसले स्मार्ट सिटीको परिकल्पनालाई समेत मात गरिदिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाभित्रका सडकमा जडान गरिएका सौर्य बत्तीलाई नियमति गराउन सक्नुपर्छ । रातिमा देखिने सडक बत्तीको शहरको सौन्दर्यमा पनि विशेष महत्व राख्दछ । तर तुलसीपुरका सडकमा त्यस्तो देखिएको छैन ।
भएका संरचनासमेत प्रयोगमा नआउनुले सबैमा सन्देश नकारात्मक दिन्छ । भित्रि तथा बाहिरी सडकमा जडान भएका सौर्यबत्ती अहिले प्रायः बल्न छोडेका छन् । उपमहानगरपालिकाले सडक बत्ती मर्मतमा ध्यान दिएर सञ्चालन गर्नुपर्छ ।
उपमहानगरले यसमा समयमै ध्यान दिन नसकेमा सबै सौर्यबत्ती प्रयोगविहीन अवस्थामा पुग्ने छन् भने लगानी पनि त्यतिकै खेर जाने पक्का छ । यो अवस्थाले बत्ती जडानमा भएको आन्तरिक सहमतिको समेत उपमहानगर र ठेकेदार कम्पनीबीच कार्यान्वयन नभएको देखिएको छ । जडान भएको बत्तीको निश्चित समयसम्मको ब्यवस्थापनको जिम्मा जडान गर्ने कम्पनीले नै लिनुपर्छ ।
सोलारको हकमा सामान्य अवस्थामा पनि ८÷१० वर्षको वारेन्टी, ग्यारेन्टी हुनेगर्छ । त्यो नगरसँगको सम्झौतामा पनि होला, त्यही सम्झौतालाई कार्यान्वयन गर्न सकेमा मात्रै पनि तुलसीपुरका सडक उज्याला हुने थिए ।
उपकरणहरु हुन कहिले काहिँ बिग्रिनु स्वभाविक मानिन्छ । तर धेरै दिनसम्म त्यो अवस्था देखिनु स्वभाविक र मनासिव हैन । अहिले तुलसीपुरका सडक बत्तीमा त्यहि अवस्था देखिएको बिग्रिएको र बल्न छोडेको लामो समय पुग्दासमेत त्यसतर्फ उपमहानगरपालिकाका जनप्रतिनिधिले चासो नदिएको देखिएको छ ।
प्राविधिक कुरालाई प्राविधिक तवरले नै समाधान र ब्यवस्थापन गर्नसके झनै राम्रो हुने छ । तर त्यसतर्फ चासो नदिनुले नगरप्रतिकै विश्वास आमनागरिकमा घट्ने होकी भन्ने चिन्ता पनि देखिन्छ । सडकलाई राम्रो बनाउने मात्रै भन्दा पनि सडकको सौन्दर्य बढाउन पनि सौर्यबत्तीको व्यवस्थापन अति आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here