Thursday, April 18, 2024
Homeमुख्य खबरशनिबार पनि पसल खोलिने

शनिबार पनि पसल खोलिने

- Advertisement -spot_img

तुलसीपुर, २ भदौ । तुलसीपुरमा रहेका पसलहरु शनिबारसमेत खुल्ने भएका छन् । विभिन्न चाडपर्वहरु आइरहेको समयमा उपभोक्ताहरुलाई किनमेल गर्नका लागि सहजता ल्याउन शनिबार पनि पसलहरु खोल्ने निर्णय गरेको हो । तुलसीपुर उद्योग वाणिज्य संघको बैठकले चाडपर्वहरुलाई मध्यनजर गर्दै शनिबार पसलहरु खोल्ने निर्णय गरेको छ ।
संघको शनिबार बसेको बैठकले नेपालीहरुको चाडपर्वहरु हरितालिका तीज, बडा दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै उपभोक्ताहरुको सहजताका लागि शनिबार पनि पसलहरु खुल्ला राख्ने निर्णय गरेको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले जानकारी दिएका छन । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले शनिबार एक कार्यक्रमको आयोजना गरी सरुवा भएर काठमाडौँ जान लागेका ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीलाई बिदाइ गरेको छ । बिदाइ तथा स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गरेको भन्दै एसएसपी चौधरीलाई बधाईसमेत दिएका थिए ।उनीहरुले जिल्लामा रहदा कार्य क्षमता र दक्षताकै कारण शान्ति सुरक्षा समन्वयकारी भूमिका कायम गर्न सफल भएको बताएका छन् । संघका अध्यक्ष वीरबहादुर रावतले एसएसपी चौधरीलाई बिदाई गरेका हुन् । संघका अध्यक्ष वीरबहादुर रावत को अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सल्लाहकार शरद रेग्मी मानवअधिकार तथा शान्ति समाजको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएकोमा बधाईसँगै सम्मानसमेत गरिएको थियो । उद्योग वाणिज्य संघ तुलसीपुरले आयोजना गरेको बिदाई तथा सम्मान कार्यक्रममा एसएसपी चौधरीलाई तुलसीपुरमा रहेका रिपोर्टर्स क्लव, अफिसर्स क्लव तुलसीपुर, तुलसीपुर नगरविकास समिति, सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र पूर्व प्रहरी संगठनले संयुक्त रुपमा बिदाई गरेका थिए । कार्यक्रममा बोल्दै चौधरीले आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकार नारायण खनाल, नगरविकास समितिका अध्यक्ष यज्ञबहादुर केसी, प्रेस सल्लाहकार शरद रेग्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here