Friday, March 29, 2024
Homeफिचरव्यवसायिक करसम्बन्धी प्रशिक्षण

व्यवसायिक करसम्बन्धी प्रशिक्षण

- Advertisement -spot_img

घोराही, ११ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरुलाई करसम्बन्धी प्रशिक्षण दिएको छ । संघले सरकारले भर्खरै मात्र लागू गरेको कर नीति, उद्योगी तथा व्यवसायीहरुले गर्नुपर्ने कार्य, हिसाव किताव कसरी राख्ने ?
व्यवसायीहरुलाई पर्ने समस्या समाधानका उपायलगायतका बारेमा प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा संघअन्तर्गतका वस्तुगत समितिका नेतृत्व एवं सदस्यहरु, उद्योगी तथा व्यवसायीहरु समेतको सहभागिता रहेको थियो ।
व्यवसायीहरुको माग अनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिए । आउँदा दिनका पनि यसप्रकारका कार्यलाई निरन्तरता दिइने उनको भनाइ रहेको छ ।
प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा थमन अधिकारी रहेका थिए । कार्यक्रममा सहभागीहरुले राज्यले व्यवसायीहरुलाइ विभिन्न बहानामा दुःख दिने गरेको गुनासो गरेका थिए । उनीहरुले राज्यले व्यवसाय गर्ने वातावरणसमेत सिर्जना गर्ने नसकेको बताएका थिए ।
अहिले सरकारले ल्याएको नीति निजी क्षेत्रको सहमतिविना ल्याएको भन्दै यसलाई सच्चाउनु पर्ने बताएका थिए । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी) को प्रमुख आतिथ्यता एवं नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं. ५ का उपाध्यक्ष हेमराज बन्जाडेको विशिष्ट आतिथ्यतामा भएको थियो ।
संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोसीले गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here