Sunday, March 24, 2024
Homeप्रदेशविश्वमा ५४ लाख बढी कोरोना संक्रमित

विश्वमा ५४ लाख बढी कोरोना संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १२ जेठ । विश्वमा ५४ लाखभन्दा धेरैलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ५४ लाख २७ हजार ५ सय ५५ जनालाई संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । संक्रमतिमध्ये अहिलेसम्म साढे २२ लाख ५९ हाजर ४ सय ४० जना उपचारपछि निको भएका छन् भने ३ लाख ४४ हजार ४ सय १७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा धेरै १६ लाख ६६ हजार ८ सय २९ जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने त्यहाँ ९८ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ।
ब्राजिल धेरै संक्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ४९ हजार १ सय १३ जना संक्रमित भएका छन् भने २२ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म उपचारपछि १ लाख ८४ हजार ३ सय ६१ जना निको भएका छन् ।
यस्तै छिमेकी देश भारत धेरै संक्रमित हुने देशको ११औँ स्थानमा पुगेको छ । भारतमा अहिलेसम्म १ लाख ३२ हजार ६ सय ७४ जना संक्रमित भएका छन् भने ३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म ५४ हजार ७ सय २९ जना निको भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here