Tuesday, April 16, 2024
Homeखेलकुदविश्वकप एसिया छनोटमा नेपालको जित

विश्वकप एसिया छनोटमा नेपालको जित

- Advertisement -spot_img

दाङ, ८ साउन । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियालाई सात विकेटले जित निकालेका हो ।
ज्ञानेन्द्र मल्लको आक्रामक ब्याटिङले प्रेरित नेपालले बुधबार आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
नेपालले ८४ रनको लक्ष्य ८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेका हो । त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
ब्याटिङका लागि निम्त्याइएको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाका कारण खेल ९ ओभरमा छोट्याइएको थियो । ज्ञानेन्द्र मल्लले २१ बलमा अर्धशतक पूरा गरेका थिए ।
यससँगै ज्ञानेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि विनोद भण्डारीले २५ बलमा अर्धशतक बनाएका थिए । ज्ञानेन्द्रले पहिलो विकेटका लागि प्रदीप ऐरीसँग ६६ रनको साझेदारी गरेका थिए ।
जुन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो विकेटका लागि बनाएको ठूलो साझेदारी हो । यसअघि सिंगापुरविरुद्धको खेलमा ज्ञानेन्द्र र पारस खड्काले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।
नेपालका प्रदीप ऐरीले १२, दीपेन्द्रसिंह ऐरीले २ रन बनाए । विनोद भण्डारी १३ तथा शरद भेषाकर ३ रनमा अविजित रहे । त्यसअघि सोमपाल कामीले सुरुमै विकेट लिएर नेपाललाई राम्रो सुरुआत दिएका थिए । तर, सेद अजिज र भिरन्दीप सिंहले मलेसियाको इनिङ उकासेका थिए ।
अजिजले ३० रन बनाए भने भिरन्दीपले २१ रन जोडे । नेपालका सोमपाल कामीले २ ओभरमा २३ रन दिएर ३ विकेट लिए । वसन्त रेग्मीले १ ओभरमा ९ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले १७ रन दिएर १ विकेट लिए । करण केसीले १२ रन दिए । दुई ओभरमा १९ रन दिएका अविनाश बोहराले विकेट लिन सकेनन् ।
नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो भने मलेसियाले कुवेतलाई ४२ रनले हराएको थियो । नेपालले अब शनिबार कुवेतविरुद्ध र अन्तिम खेल सिंगापुरविरुद्ध आइतबार खेल्नेछ । शीर्षस्थानमा रहेको सिंगापुर र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि दुबै टोलीले अंक बाँडेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here