Monday, March 25, 2024
Homeमुख्य खबरविविएसमा ज्ञानदिपका सुशील जिल्ला प्रथम

विविएसमा ज्ञानदिपका सुशील जिल्ला प्रथम

- Advertisement -spot_img

तुलसीपुर, १० पुस । त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको व्यवस्थापन संकाय तेस्रो वर्षको नतिजामा ज्ञानदिप कलेज तुलसीपुरका सुशील डाँगी जिल्ला प्रथम भएको कलेजले दाबी गरेको छ । डाँगीले ७० प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएको कलेज प्रमुख सुरेन्द्र जिसीले दाबी गरे ।
कलेज प्रमुख जिसीले कलेजका अन्य विद्यार्थीले पनि उत्कृष्ट अंक ल्याएको बताउँदै ज्ञानदीपले विगतको साखलाई निरन्तरता दिएको बताए । व्यवस्थापन सङ्काय प्रमुख सहायक कलेज प्रमुख मनोज केसीले ज्ञानदीप कलेजले विगतमा पनि उत्कृष्ट अंक ल्याएको जानकारी दिदै शिक्षाको गुणात्मकता खस्किन नदिनका लागि कलेज परिवार प्रतिवद्ध रहेको समेत जनाएका छन् । २०७० सालमा स्थापना भएको कलेजले स्नातक तहमा विज्ञान, व्यवस्थान र मानविकी सङ्काय सञ्चालन गर्दै आएको कलेजका शैक्षिक संयोजक शरद गौतमले बताए । संयोजक गौतमले यसै वर्षबाट कलेजले विसिए कक्षा सञ्चालन गरेकोसमेत जानकारी दिए । कलेजले स्थापना कालदेखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here