Tuesday, April 16, 2024
Homeसम्पादकीयविपद्मा सूचना प्रणाली

विपद्मा सूचना प्रणाली

- Advertisement -spot_img

प्रायः सबै अवस्थामा सूचनाको आफ्नै महत्व र विशेषता हुन्छ । सूचना प्रणालीलाई प्रभावकारी बनाउनसके आधा समस्या त्यहिबाट समाधान व्यवस्थापन हुनेमा द्विविधा छैन । तर सूचना प्रणालीलाई प्रभावकारी बनाउन नसकेमा धेरै समस्या आउँछ ।
काम र योजना पनि प्रभावहीन हुनसक्छ । सूचनामा पनि पूर्व सूचना प्रणाली बढी प्रभावकारी मानिन्छ । घटना घट्नु पूर्व नै आम नागरिकसम्म सूचना पुग्नसके त्यसबाट हुने क्षतिलाई न्यूनीकरण त गर्न सकिन्छ नै त्यसलाई प्रभावकारी रुपमा ब्यवस्थापन पनि गर्न सकिने अवस्था रहन्छ ।
पूर्वसूचना प्रणालीको सबैभन्दा बढी महत्व विपद्को समयमा हुन्छ । केही विपद्हरुमा पूर्वसूचना प्रणालीको प्रयोगले फाइदा नगरे पनि केहि विपद्मा भने महत्वपूर्ण मानिन्छ सूचना प्रणाली ।
तर प्रदेश नं. ५को हकमा विपद्को व्यवस्थापनको लागि पूर्व सूचना प्रणाली प्रभावकारी नभएको सरोकारवालाको भनाइले अब सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
दाङ विपद्को उच्च जोखिममा रहेको जिल्ला हो । दाङका सबैभन्दा बढी बाढी पहिरो, डुवान र आगलागीले सताउने गर्छ । विपद्को पूर्वतयारी र पूर्व सूचना प्रणालीका प्रयोग र तयारी नहुँदा केही विपद्हरुले दाङ, बाँके, बर्दियामा ठूलै क्षति पु¥याएका छन् ।
०७१ र ७४ मा आएको बाढीले पु¥याएको क्षति बढी हुनुमा सूचना प्रणालीको कमीका कारण नै हो । पूर्वसूचना प्रभावकारी नहुँदा देखिएको क्षतिलाई सूचना प्रणाली प्रभावकारी भएको भए कम गराउन सकिन्थ्यो ।
राज्यले विपद्को पूर्वतयारीमा ध्यान नदिदा र पूर्व सूचना प्रणाली र प्रसारण प्रक्रियालाई प्रभावकारी तथा चुस्तदुरुस्त नपार्दा आम नागरिकले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था छ ।
यो अवस्था आउन दिनुहुँदैन । पछिल्लो समय भने विपदसँग काम गर्ने केही संस्थाले राज्यका निकायहरुलाई विपद्को पूर्वतयारीको बारेमा भने झक्झकाई रहेका छन् ।
सूचना प्रभावकारी भएमा मात्रै विपद्लाई सहजै व्यवस्थापन र क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने अभिप्राय सबैमा देखिएको छ । जिल्लाका सरोकारवालाहरुले पनि सम्भावित विपद्को न्यूनीकरण र व्यवस्थापनमा चासो देखाउनु राम्रो हुन्छ ।
अहिले नेपालमा स्थापना भएका तीनै तहका सरकारहरु यसतर्फ जागरुप भएर लाग्नुपर्छ । प्रभावकारी सूचना प्रणालीको अवधारणलाई ध्यान दिएर सूचना प्रणालीलाई छिटो र छरितो बनाउनेतर्फ लाग्नु पर्छ ।
दाङमा बाढी, पहिरो, आगलागी, भूकम्पलगायतका विपद्हरु बढी हुने गर्दछन् । त्यहि अनुसारको सूचना प्रणालीलाई पनि क्रियाशील बनाउन सकेमा यसको प्रभावकारीताको पुष्टि हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here