Saturday, April 13, 2024
Homeसम्पादकीयविद्युत सास्ती

विद्युत सास्ती

- Advertisement -spot_img

पूर्णरूपमा लोडसेडिङ गरिएको भनिएको नेपालमा विद्युतको सास्ती अझै कम हुन सकेको छैन । दाङका विद्युत उपभोक्ताहरूले अहिले विद्युतबाट सास्ती पाइरहेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा भइरहेको विद्युत अनियमित, अघोषित रूपमा भइरहेको विद्युत लोडसेडिङ, लो भोल्टेजले आम उपभोक्ताहरुलाई सास्ती दिइरहेको छ ।
विद्युतमा देखिएको अनियमितले विद्युत उपभोग गर्ने सबैमा सास्ती बढ्दै गएको छ । जसका कारण विद्युतबाट सञ्चालन गरिएका उपकरणहरू कलकारखाना, मेसिनरी चिजहरूमा प्रत्यक्ष असर देखिएको छ ।
सास्ती बढेपछि उपभोक्ताहरू सेवाबाट प्रभावित भएका छन् । उपभोक्ताहरूको सास्तीलाई विद्युत प्राधिकरणले भने ध्यान दिएको पाइदैन । विद्युत कार्यालयले अनियमित विद्युत लोडसेडिङ नियन्त्रण गर्न लाग्नुपर्छ ।
दाङ केही बाहेक ठूला उद्योग नभएको जिल्ला हो । पछिल्लो समय केही ठूला सिमेन्ट उद्योगहरू स्थापना भएका छन् । ती उद्योगले समेत अनियमित विद्युतले उत्पादनमा नै ह्रास ल्याएको र नियमित काम हुन नसकेको तर्क गरिरहेका छन् ।
लोडसेडिङमुक्त देश घोषणा भइसकेको अवस्थामा पनि दाङमा झन छिन–छिनमा जाने विद्युतले बढेको महसुस भएको छ । विद्युतले सबैलाई हैरान बनाएको छ । यसमा विद्युतका सरोकारवालाहरूले ध्यान दिनुपर्छ ।
प्रत्यक्षरूपमा जोडिएको र अरूलाई असर पर्ने कुनै काम वा निर्णय गर्दा सबैभन्दा पहिले सम्बन्धित पक्षलाई पूर्व सूचना दिनु अनिवार्य हुन्छ । तर यहाँ सूचनाविना अनियमित रूपमा महिनौदेखि विद्युत काटिने र लामो समयसम्म पनि नआउने भइरहेको छ ।
सूचना भएमा पूर्वतयारी गर्ने र त्यो अनुसार कार्य सञ्चालनको योजना बनाउन सजिलो हुने भए पनि सूचनाविना विद्युत प्राधिकरणले झ्याप्प–झ्याप्प गरेर एक घण्टाको समयमा पटक–पटक विद्युत लाईन काट्दा उपभोक्ताहरू मारमा परिरहेका छन् ।
अनियमित रूपमा काटिने विद्युुतले प्रत्यक्ष रूपमा सञ्चार गृह, उद्योग, कलकारखाना, विद्युतबाट आफ्नो काम गर्ने ब्यवसायी र साइबरहरु मारमा छन् ।
विनाकारण अघोषित विद्युत अवरुद्ध हुन थालेपछि दाङलगायत सल्यान–रूकुममा समेत यस्तो समस्याले हैरान पारेको छ । अवस्थाको अन्त्य गरेर नियमित रूपमा विद्युत आपूर्तिका लागि सम्बन्धित निकाय जिम्मेवार बन्न सक्नुपर्छ ।
यो गर्मीमा विद्युत आपूर्ति अति आवश्यक छ । अरू बेला भन्दा यो समयमा बढी खपत समेत हुने गर्दछ । गर्मीमा विद्युत मानव शरीरका अंग सहर सहपाटी नै बनेको छ ।
अब विद्युत प्राधिकरण यसमा जिम्मेवार भएर नियमित रूपमा विद्युत दिनुपर्छ । अहिले आम उपभोक्ताले पाएको सास्तीलाई हटाउन प्रयास गर्नुपर्छ । आफ्नो कार्यमा गैरजिम्मेवार हैन विद्युत प्राधिकरण जिम्मेवार बन्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here