Wednesday, April 10, 2024
Homeसमाजविद्यालयमा मन्दिर स्थापना

विद्यालयमा मन्दिर स्थापना

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । पूर्व विद्यार्थी समाजद्वारा विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिरको स्थापना गरिएको छ । तुलसीपुर–१७ मानपुरमा रहेको श्री दिपेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी मन्दिरको उद्घाटन गरिएको हो । नव निर्मित मन्दिरको उद्घाटन गर्दै प्रमुख अतिथि एवं संघीय सांसद रेखा शर्माले शैक्षिक गुणस्तरका लागि विद्यालयले ल्याएको नयाँ योजनाहरुलाई कार्यान्वयन गर्नका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन । उनले विद्याकी प्रतीक सरस्वती देवीको मन्दिर निर्माण गरेको भन्दै प्रशंसा समेत व्यक्त गरिन ।
यसैबीच कार्यक्रमको अवसरमा दुईवटा अक्षयकोषको समेत स्थापना गरिने भएको छ । तुलसीपुर–१६ निवासी डा.कुवेर रेग्मीले स्वर्गीय आमा जगदम्वा रेग्मीको नाममा एकलाख रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन् । यस्तै तुलसीपुर– १६ निवासी यज्ञमूर्ति गौतम र मूर्ति प्रसाद गौतमले स्वर्गीय नन्दलाल गौतमको २५औँ स्मृतिका अवसरमा ५० हजार रुपैयाँको अक्षयकोषको स्थापना गर्ने बताएका छन् । होमराज डाँगीको अध्यक्षता तथा संघीय सांसद रेखा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक गिरिराज लम्साल, पूर्व प्रअ डिल्लीराज आचार्य, १७ नम्बर वडाका वडा अध्यक्ष थलराज पुरी र वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीलगायतले विद्यालयको स्तरोन्नतिका लागि सबै पक्ष क्रियाशील भएर लाग्नु पर्ने बताएका थिए । शशिधर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी समाजका सचिव यज्ञमूर्ति गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here