Saturday, April 13, 2024
Homeमुख्य खबरविद्यालयमा ताला

विद्यालयमा ताला

- Advertisement -spot_img

देउखुरी, ९ भदौ । राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टामा रहेको माध्यमिक विद्यालय सिक्टामा प्रधानाध्यापकको जिम्मा कसले लिने भन्नेबारे विवाद सिर्जना भएको छ ।
विवादसँगै आइतबार अभिभावक र विद्यार्थीले विद्यालयको कार्यालयमा ताला लगाएका छन् । विद्यालय ब्यवस्थापन समिति र शिक्षकबीचको विवादले पठनपाठनसमेत प्रभावित भएको छ ।
विद्यालयका प्रधानाध्यापक खिमबहादुर बस्नेतको यहि भदौ १ गतेदेखि अवकाश भएको छ । प्रधानाध्यापक बस्नेतले आफ्नो अवकाश हुने समयमा प्राथमिक तहका स्थायी शिक्षक यमबहादुर बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए ।
तर विव्यसको बैठकले काजमा सरुवा भएर मावि सिक्टामा गएका शिक्षक बिष्णु केसीलाई प्रअको जिम्मा दिएपछि विवाद शुरु भएको हो ।
विव्यसको अध्यक्षमा निर्वाचित भएपछि आफूले लागूगरेका निर्णयहरु विद्यालयका शिक्षकहरुले कार्यान्वयन नगरेको कारण र विद्यालयको सबै पक्ष सुधार गर्नका लागि यस्तो निर्णय गरेको अध्यक्ष घनबहादुर वलीले बताए ।
विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले समयको पालना नगरेको, आफूखुशी बिदा बस्ने, विद्यालय कक्षा कोठामै सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेकोले आफूले काजमा सरुवा भएर आएका केसीलाई प्रअको जिम्मा दिएको अध्यक्ष वलीले बताए ।
त्यस्तै विव्यसका सदस्य भिम वलीका अनुसार विद्यालयमा अध्यापन गराउने केही शिक्षकका कारण नै विद्यालयको पठनपाठन लथालिङ्ग हुन पुगेकोले बाध्य भएर बिष्णु केसीलाई प्रअको जिम्मा दिएको बताए ।
स्थानीय सीता कुमालले लामो समयदेखि विद्यालयको सेवा गर्दै आएका शिक्षक देव बहादुर बस्नेत र यम बहादुर बस्नेतलाई प्रअको जिम्मा दिनुपर्ने भन्दै अध्यक्षले गलत निर्णय गरेको बताईन ।
‘यदि विष्णु केसीलाई नै प्रधानाध्यापकको जिम्मा दिइन्छ भने हामी विद्यालयमा लगाएको ताला खोल्दैनौ’ कुमालले भनिन् । यसैबीच राजपुर गाउँ पालिकाका अध्यक्ष लोकराज केसीले बरियताकोे हिसाबले बिष्णु केसीलाई प्रअको जिम्मा दिन नमिल्ने भन्दै सिस्टमबाट प्रधानाध्यापक नियुक्ति गर्नु पर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here