Thursday, March 28, 2024
Homeमुख्य खबरविद्यार्थीले क ख कहिले सिक्छन ?

विद्यार्थीले क ख कहिले सिक्छन ?

- Advertisement -spot_img

इजिआरपीको जिल्लास्तरीय समीक्षा
घोराही, २८ चैत । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको समीक्षा कार्यशाला सुरु भएको छ । कक्षा ८ को नतिजा सार्वजनिक हुँदै गर्दा राज्यले चालु शैक्षिक क्षेत्रदेखि संघन रुपमा सञ्चलन गरेको राष्ट्रिय प्रारम्भीक कक्षा पढाइको वार्षिक समीक्षामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाइ अत्यन्त कमजोर भएको सरोकारवालाहरुले बताएका थिए ।
तीन दिनसम्म घोराहीमा सञ्चालन हुने समीक्षा कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीले बाह्रखरी (क ख) समेत राम्रोसँग उच्चारण गर्न नसक्ने अवस्थाका रहेको भन्दै यसको सुधारका लागि शिक्षक कर्मचारी र जनप्रतिनिधि लाग्नुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भास्कराज गौतमले तुलसीपुर क्षेत्रका केही आधारभूत विद्यालयमा गरिएको अनुगमन र सर्वेक्षणमा ५ कक्षासम्मका विद्यार्थीले क, ख समेत पढ्न नजान्ने अवस्था देखिएको बताए ।
उनले यसमा शिक्षक र कर्मचारीको लापरवाही रहेको भन्दै जनप्रतिनिधिहरुले कक्षाकोठा हेर्न सकेमा सुधारको अपेक्षा गर्न सकिने बताए । ‘जो अनिवार्य रुपमा गर्नुपर्ने हो त्यहि नभएर विदेशी सहयोग ताक्नुपर्छ भने हामीले कस्तो शिक्षा दिइरहेका छौँ ? त्यो एकपटक सोच्नु पर्छ, गौतमले भने, अब क, ख सिकाउन के गर्नु पर्ने हो ?’
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले तल्लो तहबाट शिक्षामा सुधार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किएको भन्दै त्यसका लागि स्थानीय तहले पहल कदमी चालेर शिक्षाको सुधारका लागि प्रयास गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षक, विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षा समितिका संयोजकको सहभागिता छ । उनीहरुले अबको शिक्षा सुधारका लागि समीक्षा सुरु गरेका हुन् ।
जिल्ला शिक्षा तथा विकास समन्वय कार्यालयका निमित्त प्रमुख देवमणि चौधरीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रारम्भीक कक्षा पढाइका केन्द्रीय परिचालन संयोजक योगेन्द्र गान्धारी लगायतकाले बोलेका थिए । शिक्षा विकास समन्वय इकाईका डिल्ली श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक हल्लुप्रसाद चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here