Thursday, April 18, 2024
Homeमुख्य खबरविद्यार्थीलाई सोलार बत्ती

विद्यार्थीलाई सोलार बत्ती

- Advertisement -spot_img

तुलसीपुर, २१ भदौ । शान्तिनगर गाउँपालिकाले विद्यार्थीहरुका लागि सोलार बत्ती वितरण गर्ने भएको छ । विद्युत सेवा नपुगेका गाउँमा सोलार बत्ती वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।
वडा नम्वर १, २ र ३ नम्वर वडाका केही बस्तीका विद्यार्थीका लागि सोलार बत्ती वितरण गर्न लागिएको उनले बताए ।
शिक्षामा उज्यालो अभियानका लागि विद्युत सेवा नपुगेका वडाहरुको छनौट गरी झण्डै १ सय ८६ जनालाई भदौ २२ गते वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । प्रति सोलार बत्तीको मूल्य झण्डै दुई हजार आठ सय पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए । आर्थिक २०७४÷७५ को बजेटबाट सोलार बत्ती वितरण गर्न लागिएको बताउँदै केसीले शिक्षा दिवसको अवसर पारी भदौ २३ गते सोलार बत्ती वितरण गर्न लागिएको जानकारी समेत दिए  । यसअघि शान्तिनगर गाउँपालिकाले सबै वडामा मन्टेश्वरी कक्षा सञ्चालन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here