Thursday, March 28, 2024
Homeसम्पादकीयविकास खर्च र लक्ष्य

विकास खर्च र लक्ष्य

- Advertisement -spot_img

विकासको काम आर्थिक वर्षको अन्त्यमा गर्ने परम्परा विभिन्न निकायहरुमा कायम हुँदै आएको छ । नीति र ब्यवस्थाले काम सञ्चालन गर्न लामो प्रक्रिया भएकोले विकास ढिलो सुरु हुने तर्क पनि गरिएको छ । योजना फागुनमा आउने र प्रक्रियामा लैजाँदा जेठ पुग्ने अवस्था आउँदा विकास रकम समयमा खर्च नहुने र भए पनि सदुपयोग र उचित रुपमा खर्च नहुने अवस्था आउन दिनु हुँदैन ।
विगतमा देखिएको यो अवस्थालाई सुधार गरेर लैजान सक्नुपर्छ । आर्थिक वर्षको सुरुदेखिदै योजनाहरुको निर्माणमा लाग्ने वातावरण राज्यले र निकायहरुले गर्न सक्नुपर्छ । यो वर्षको अहिलेसम्ममा लक्ष्य अनुसारको विकास हुन सकेको छैन लक्ष्य अनुसारको विकास नहुँदा रकमको खर्च दरसमेत कम देखिएको छ । यसमा पनि सुधार गर्दै अब लक्ष्य अनुसार विकास गर्नेतर्फ जान सक्नुपर्छ ।
दाङमा यो वर्षको विकासको आर्थिक प्रगति पनि हालसम्म कमजोर नै देखिएको छ । वार्षिक लक्ष्यभन्दा केही कम आर्थिक र भौतिक प्रतिसत देखिएको छ । विकासका लागि आएको जिल्लाको बजेटको अहिलेसम्म पाँच प्रतिसत मात्रै खर्च हुन सकेको छ । अहिलेसम्म नीति अनुसार ७५ प्रतिसत बढी खर्च हुनुपर्ने हो । जिल्लामा ठूला योजनाहरुको विकास गति पनि कम देखिएको छ ।
खर्च हेर्ने आधिकारिक जिल्लाको निकाय कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले पनि कम खर्च भएको पुष्टि गर्दै सार्वजनिकसमेत गरिसकेको छ । यसले पनि खर्च रकम आर्थिक वर्षको अन्त्यमा हुने परिपाटी मौलाउँदै गएको छ । अन्तिममा खर्च बढाउने हुँदा काममा समेत गुणस्तर कम देखिने अवस्थता पनि विगतमा देखिदै आएको छ ।
भने रकमको सही सदुपयोग पनि कम भएको आँकलन गर्न सकिन्छ । यसमा सरकारी निकाय गम्भीर हुनुपर्छ । भने खर्च र विकासमा मितव्ययीता कायम गर्नुपर्छ । चालुु आर्थिक दोस्रो चौमासिक पूरा हुनै लाग्दा विकासे आयोजनाले गति लिन नसक्नु पनि दुर्भाग्य छ ।
संघीय संरचना अनुसार देशमा तीन तहको सरकार सञ्चालनमा छ ।
देशको संरचना फेरिएको छ । नीति, ब्यवस्था फेरिएको छ तर पनि विकासको गति र खर्चको प्रगति पूर्ववत अवस्थाकै देखिनु राम्रो पक्ष हैन । त्यसका जनअपेक्षा र भावनाको पनि सम्मान हुँदैन । राज्यका निकायहरुले जनताले अनुभूति गर्ने गरी विकासका कामहरु तिब्र रुपमा बढाउन सक्नुपर्छ । जनप्रतिनिधि र ब्यूरोक्रेसी यसमा सजक पनि हुन जरुरी छ ।
आर्थिक वर्ष सुरु भएको मितिदेखि योजनाको काम थाल्ने र असोज महिनादेखि कामलाई तिव्रता दिनसकेमा लक्ष्य र प्रगति राम्रो देखिने छ । राज्यको विकासमा विश्वास गर्ने र पारदर्शीता कायम गर्ने बाटो पनि तय हुनेछ । त्यसतर्फ सोच्दै विकास गति र विकास खर्च गर्नतर्फ ध्यान दिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here