Saturday, April 13, 2024
Homeफिचरविकासमा निजी क्षेत्रको सहयोग अपरिहार्यः ढकाल

विकासमा निजी क्षेत्रको सहयोग अपरिहार्यः ढकाल

- Advertisement -spot_img

सल्यान, २३माघ । सल्यान उद्योग वाणिज्य संघ सल्यानको आठौँ साधारण तथा चौबिसौ वार्षिकोत्सव मंगलबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । संघको सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई सरकारले विशेषखालको योजनाहरु ल्याउनुपर्ने अहिलेसम्म नेपालको विकास हुनमा निजी क्षेत्रको सहयोग अमुल्य रहेका बताए । विगतदेखि अहिलेसम्म सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षाको प्रत्याभूति गर्न नसकेको जिकिर गरे, निजी क्षेत्रबाट कुनै पनि क्षेत्रमा लगानी गर्न आउँदा लगानीकर्ता राजनीति रुपमा पिलसिनु पर्ने बाध्यता रहेका बताए । उनीले सल्यान जिल्ला उद्योगको खानी रहेकोले यसको सदुपयोग गर्न यहाँका सम्पूर्ण जनप्रतिनिधि, राजनीति दल, निजी क्षेत्रका हस्तीहरु लाग्नुपर्ने बताए । ढकालले नेपालको सबैको साझा संस्था नेपाल वाणिज्य महासंघ सबै ब्यापारीको साझा संस्था भएकोले यसमा आवद्ध रहेका सम्पूर्ण ब्यापारीको हकहितको लागि नेपाल सरकारले आफ्नो खेतीयोग्य जग्गा पहिल्याएर कर लिने गरी ब्यवसाय गर्ने ब्यक्तिलाई दिनुपर्ने माग गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले सल्यानले सडक, विद्युत, खानेपानीलगायतमा फड्को मारेको भन्दै आधुनिक सल्यान बन्न लागेको बताए । उनले भने २०५६ सालमा कुटो, कोदालोले खनेको बाटो अब आधुनिक बन्छ । त्यसको लागि दुई लेन सडक बनाउने उनले आश्वासन बाँडेका छन् । राप्ती राजमार्ग डोल्पाको सदरमुकामसम्म जोडिने भएकोले अब आधुनिक बन्ने उनले बताए । ४९ करोडले मात्रै राप्ती राजमार्ग आधुनिक नहुने भन्दै उनले त्यसमा थुप्रै बजेट थप्नुपर्ने बताए । राप्ती राजमार्गको स्तरोन्नति र दुई लेनको लागि आफूले केन्द्रमा पहल गरेको बताए । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सभासद गुलाब जंग शाह, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु चन्द्र ढकाल, गुणनिधि तिवारी, ध्रुव श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजन श्रेष्ठ, जिल्ला सम्वन्वय समितिका प्रमुख केश बहादुर बिष्टलगायत बोलेका थिए । उक्त कार्यक्रममा ब्यापारीहरुको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रमका जिल्लाका श्रीनगर बजारलाई ब्यवस्थित बनाउन र शान्ति सरक्षालाई मजबुत बनाएको भन्दै सल्यान उद्योग वाणिज्य संघ सल्यानल ईलाका प्रहरी कार्यालय श्रीनगरका ईन्चार्ज मिनबहादुर खड्कालाई सम्मान गरेको थियो । संघका उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा संघले हालसम्म गरेका गतिविधिहरु बारेमा अध्यक्ष विरबहादुर चलाउनेले प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here