Saturday, March 23, 2024
Homeखेलकुदवन डे क्रिकेटमा नेपालको शानतदार जित

वन डे क्रिकेटमा नेपालको शानतदार जित

- Advertisement -spot_img

काठमाडौँ, १५ माघ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन एक दिवसीय श्रृंखला जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै शानदार जितसहित नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । नेपाललाई २÷१ ले श्रृंखला जिताउने क्रममा कप्तान पारस खड्का नायक सावित भए । उनले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बने । उनले आफ्नो पारीमा १५ चौका र एक छक्का पनि हानेका थिए । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किएका थिए । पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली युएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो । तेस्रो खेलमा पनि पक्षमा परिणाम निकाल्दै नेपालले श्रृंखलामा कब्जा गरेको हो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो र तेस्रो खेलमा ब्याटिङ र बलिङ दुबैमा सुधार गर्दा जित सम्भव भएको थियो ।
श्रृंखलाअन्तर्गत दोस्रो खेल जित्ने क्रममा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचे । टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा ६ विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए । सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए । त्यसपछि छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शुन्यको अवस्थामै पेभेलियन पठाए । पहिलो पावर प्ले सकिँदा नेपालले युएईलाई १४ रनमा रोकेको थियो । यो रन एक दिवसीय क्रिकेटकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम हो । पावर प्लेमा सबैभन्दा कम रनको रेकर्ड भारतले बनाएको छ । श्रीलंकाविरुद्ध एक वर्षअघि भएको खेलमा भारत १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमा समेटिएको थियो । युएईविरुद्ध २० औं ओभरमा सन्दीप लामिछानेले १८ रन बनाएका गुलाम साब्बरलाई एलबीडब्ल्युमा पारे । २१औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराउँदा नेपालले चौथो सफलता पाएको थियो । एकदिवसीय श्रृंखला सकिएपछि नेपाली टोलीले युएईसँग तीनवटा टी–ट्वेन्टी खेलको श्रृंखला खेल्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here