Monday, April 15, 2024
Homebreaking-newsवडा अध्यक्षसहित १३ जनामा कोरोना

वडा अध्यक्षसहित १३ जनामा कोरोना

- Advertisement -spot_img

दाङ, ८ असार ।
दाङका सोमबार एक स्थानीय तहका वडा अध्यक्षसहित १३ जनामा कोरोना संक्रमण थप भएको छ । दाङ यसअघि पनि बंगलाचुली गाउँपालिकाका एक वडा अध्यक्षलाई कोरोना संक्रमण भएको थियो ।

घोराही उपमहानगरपालिका–२ का वडा अध्यक्षसहित १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिका वडा नं.२ का वडा अध्यक्षसहित ३ जना, घोराही–३ का २ जना, घोराही–६ का १ जना १९ वर्षीय महिलासहित ७ जना र घोराही–५का १ जनाका कोरोना पुष्टि भएको छ ।

उनीहरुको उमेर १६ वर्ष देखि ३८ वर्षसम्मको रहेको छ । सोमबार एकैदिन घोराही उपमहानगरपालिका मा १३ जना कोरोना संक्रमित थप भएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि संकलन भएका तीन हजार ४ सय स्वाव प्रक्रिया रहेको प्रतिष्ठानले बताएको छ । दाङमा संक्रमितहरुको संख्या २ सय ८० पुगेको छ भने ९४ जना डिस्चार्ज भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here