Saturday, March 23, 2024
Homeमुख्य खबरवडाको सहयोगमा ड्राइभिङ तालिम

वडाको सहयोगमा ड्राइभिङ तालिम

- Advertisement -spot_img

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ५को आर्थिक सहयोगमा वडामा बेरोजगारहरुको रोजगारीका लागि ड्राइभिङ तालिम दिन थालेको छ । विभिन्न सिप मुलक तालिम दिदै आएको वडाले वडाका १६ जना युवा युवा युवतीलाई ड्राइभिङ तालिमको सिप सिकाउन लागेको हो । लक्ष्मी ड्राइभिङ सेन्टरको ब्यवस्थापन तथा आयोजनामा सचालनको भएको तालिममा एक महिना सञ्चालन हुने छ ।
रामशरण बैश्यको अध्यक्षतामा तथा वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले मानव जीवनमा सिप महत्पवूर्ण भएकाले वडाका नागरिकलाई दक्ष बनाउन सिप प्रदान गरिरहेको बताए ।
वडा सदस्य सुरेश श्रेष्ठले वडाले सबैनागरिकहरु स्वरोजगारमा जान सकुन र आफनो दक्षता क्षमता विकासमा लागुन भनेर वडामा विभिन्न तालिमहरु सञ्चालन गरेको वताए । कार्यक्रममा वडा सदस्य तथा तालिम संयोजक सावित्रा गुरुङ, मधुमति सुनार लगायतकाले बोलेका थिए कार्यक्रमको सञ्चालन धुर्व आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here