Thursday, April 18, 2024
Homeमुख्य खबरलैंगीक हिंसाविरुद्धको सचेतना

लैंगीक हिंसाविरुद्धको सचेतना

- Advertisement -spot_img

तुलसीपुर, २० फागुन । दाङको तुलसीपुरस्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिअन्तर्गत रहेको नर्सिङ एण्ड एचए कलेजमा अध्ययनरत विद्यार्थीहरुले लैंगीक हिंसा विरुद्धको सचेतना प्रदान गरेका छन् ।
सोमबार लैंगीक हिंसाका प्रकार, हिंसा बढ्नुका कारण, त्यसलाई न्यूनीकरण गर्ने विधि, लैंगीक हिंसाको उपचारलगायतका विषयमा विद्यार्थीहरुले प्रष्ट पारेका थिए ।
विद्यार्थी सुलोचना खनाल, सुनिता केसी, विशाल बस्नेत, नवीन कुमार खड्का, पूजा खत्री, हेमराज ओली, सरोज भट्टराई वली, सरस्वती भुसालले लैंगीक हिंसाका बारेमा बताएका थिए । पछिल्लो समय लैंगीक हिंसा बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा कलेजका निर्देशक जीवन भण्डारी, कलेजका प्रिन्सीपल सुशन पाण्डे, शिक्षिका अनु शर्मा, रिजन पुनलगायतले यस विषयमा विद्यार्थीहरुले सचेतना प्रदान गर्नु सकारात्मक कार्य रहेको बताएका थिए ।
विद्यार्थीहरुले सचेतना प्रदान गर्दा यो अभियान थप प्रभावकारी बन्ने समेत बताए । शिक्षिका नाजिरा खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अमर डाँगी ऐश्वर्या डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here