Monday, April 15, 2024
Homeमुख्य खबरलेनदेनको मुद्दामा फरार पक्राउ

लेनदेनको मुद्दामा फरार पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, १३ चैत । लेनदेनको मुद्दामा फरार रहेका यादवप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी ३९ वर्षिया भण्डारीलाई प्रक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फरार भण्डारीलाई तुलसीपुरको गुम्राह चोकबाट पक्राउ गरिएको हो । वि.सं २०७३ साल मंसिर २० गते देउखुरी जिल्ला अदालतले १ लाख ३५ हजार र थप चार हजार आठ सय ७४ रुपैयाँ ब्याज तिर्नुपर्ने फैसला गरेपछि उनी फरार भएका थिए ।
पटक–पटक साँवा, ब्याजसहित उपस्थित हुनका लागि म्यादसहित सूचना पठाउँदा उपस्थित नभई फरार भएपछि खोजतलास गरी पक्राउ गरिएको हो । पक्राउ परेका भण्डारीलाई अदालतले थप ६ महिना कैद फैसला गरेको थियो ।
पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयन अनुसार अदालतमा उपस्थित गराई जिल्ला अदालत देउखुरीबाट कारागार चलान गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here