Thursday, April 18, 2024
Homebreaking-newsलमहीमा महोत्सव

लमहीमा महोत्सव

- Advertisement -spot_img

देउखुरी, २६ माघ । पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै घुम्न जाउँ देउखुरी भन्न्े मुल नाराका साथ देउखुरीको लमहीमा शुक्रबारदेखि देउखुरी महोत्सवको शुरू भएको छ ।
दाङ देउखुरीका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूलाई चिनाउने र स्थानीय कला संस्कृतिको उजागर गर्दै ब्यापारमा प्रोत्साहन गर्ने उद्देश्यका साथ देउखुरी महोत्सवको शुरूवात भएको हो ।
लमही चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवमा कृषि क्षेत्रको लागि निःशुल्क प्रदर्शनी गर्न ३० वटा स्टल रहेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन दिनको लागि विशेष छुटसहितको स्टलको व्यवस्था गरिएको छ । महोत्सवबाट संकलन गरिएको रकमबाट चेम्बर अफ कमर्सको भवन निर्माण गर्ने उद्देश्य राखिएको छ ।
महोत्सवबाट कुल पाँच करोडको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पर्यटन वर्षलाई मध्यनजर गर्दै आयोजना गरिएको महोत्सवले दाङ देउखुरीका पर्यटकीय सम्भावना भएका क्षेत्रहरूलाई चिनाउने बताए ।
‘महोत्सव महोत्सव मात्र सीमित हुनुहुँदैन, यसले समग्र देउखुरी क्षेत्रका सम्पदाको उजागर गर्न र पर्यटन बर्ष सफल पार्न सघाउ पु¥याउनुपर्छ’ सांसद शर्माले भने । लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले महोत्सवले पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासे, नेकपाका बसन्त अधिकारी, नेपाली काँग्रेसका कर्णबहादुर बुढाथोकी, प्रमुख प्रशासक अधिकृत गेहेन्द्रबहादुर डाँगी, लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी, कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेल,
लमही खानेपानीका अध्यक्ष दण्डिराम चौधरी, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर पोख्रेल, तुलसीपुर चेम्वर अफ कमर्सका टोपबहादुर घर्ती, देउखुरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लीलाराम खनाललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।
महोत्सवमा शनिबार लोक तथा दोहोरी गायक रामजी खाँड लगायतका कलाकारले प्रस्तुति राखेका थिए । लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा भएको महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । शितल भुसालको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन किरण शाहले गरेका थिए ।
यसैबीच महोत्सवको आइतबार तेस्रो दिन गायक राजनराज सिवाकोटी, गायिका सहिमा श्रेष्ठ आउने भएका छन् । साथै कमल नारायणी ग्रुपको डान्स र गायक मोडेल विजय पुनसँगै स्थानीय कलाकारले मञ्च तताउने भएका छन् ।
महोत्सवमा बाल उद्यान, मौतका कुवा, चर्खे पिङ, डुङ्गाका साथै स्थानीय तथा ख्यातीप्राप्त केन्द्रीय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव अवलोकनका लागि जेष्ठ नागरिक र ५ बर्ष मुनिका बालबालिकालाई टिकटमा पूरै छुट हुने ब्यवस्था छ भने विद्यार्थीको हकमा शनिबार मात्र छुट हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here