Thursday, March 28, 2024
Homeमुख्य खबरलमहीमा ट्रमा सेन्टर स्थापना हुने

लमहीमा ट्रमा सेन्टर स्थापना हुने

- Advertisement -spot_img

लमही, २१ साउन ।
देउखुरीको लमहीमा ट्रमा सेन्टर स्थापना हुने भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा ट्रमा सेन्टर स्थापना हुने भएको हो । स्वास्थ्य मन्त्रालयको आर्थिक बर्ष ०७५÷०७६ को बजेटबाट लमही अस्पतालमा स्थापना गर्ने गरि ५० लाख बजेट बिनियोजन गरेको हो । बिरामीहरुलाई आकस्मिक सेवाका लागि जिल्ला बाहिर जान नपर्ने गरी अत्याधुनिक सेवा सुविधा सम्पन्नसहितको ट्रमा सेन्टर खोल्न लागिएको संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष अशोक कुमार यादवले जानकारी दिए ।
खासगरी पूर्व पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका बिरामीलाई ट्रमा सेन्टरले सञ्चालनमा आए उपचारमा सहज हुने यादवले बताए । ट्रमा सेन्टरमा हाडजोर्नी, हात खुट्टा भाँचिएका, ईमरजेन्सी सेवा, आईसियु, एनसियु लगायतका सेवा उपलब्ध हुने गरी निर्माण कार्य हुने भएको हो । ट्रमा सेन्टर स्थापना भएसँगै बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । ट्रमा सेन्टरमा वरिष्ठ विशेषज्ञ डाक्टरसहितको टोलीको ब्यवस्था गरिने स्वास्थ्य मन्त्रालयले जनाएको जनाएको छ । ट्रमा सेन्टरका लागि अझै ब्यवस्थित गर्न आफूले स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेको यादवले बताए । साउन लगत्तै ट्रमा सेन्टरको स्थापना कार्यको सुरुवात हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here