Thursday, March 28, 2024
Homeखेलकुदलखन कपमा आज सेमिफाइनल खेल

लखन कपमा आज सेमिफाइनल खेल

- Advertisement -spot_img

घोराही, १३ फागुन । दाङको घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनल आज हुने भएको छ । शनिबारसम्म भएका क्वाटरफाइनल खेलबाट चार वटा टिम सेमिफाइनलका लागि स्थान बनाएका हुन् । सेमिफाइनल खेलका लागि अटल युवा क्लव रातो, जागरुक एकता क्लव, युएनबिसी एकेडेमी र बडहरा युवा क्लव पुगेका छन् । आज पहिलो खेल अटल युवा क्लव र बडहरा युवा क्लव र दोस्रो खेल युएनबिसी एकेडेमी र जागरुक एकता क्लवबीच प्रतिष्पर्धा गर्ने भएका छन् ।
नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन १५ गते मगर दिवसका अवसरमा हुने भएको छ । नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ नगद, कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५५ हजार ५५५ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी तेस्रो र चौथो हुनेले समान १५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here