Thursday, April 18, 2024
Homebreaking-newsलकडाउनमा ‘डोको’ डस्टविन

लकडाउनमा ‘डोको’ डस्टविन

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ३ जेठ ।

लकडाउनको समयलाई सदुपयोग गर्दै रूकुम एकजना व्यक्तिले बासको डोको डस्टबिन निर्माण गर्न थालेका छन् । जिल्लाको सानिभेरी गाउँपालिका वडा नम्बर ९ मगरराङ्जाका ४८ बर्षिय प्रदिप खड्काले कोरोनाभाइरस अर्थात् कोभिड–१९ का कारण देश लकडाउन परिरहेको बेला समयलाई सदुपयोग गर्दै उक्त कार्य गर्दै आएका छन् ।

वडा नम्बर ९ का खड्काले स्थानीयस्तरमा पाइने बाँसको चोयाबाट निर्माण हुने डस्टविन घरमै बसेर बुनिरहेको स्थानीय समाजसेवी नन्दराम ओलीले जानकारी दिए । उनले विश्व महामारीको रूपमा फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड–१९ कारण देश लकडाउनको समयलाई सदुपयोग गरी डस्टविन बनाउन लागेको बताए ।

लकडाउनका कारण गाउँ, शहरका मानिसहरू घरभित्रै बस्न बाध्य छन् भने कोही युवा भट्टितिर बसोबास गर्छन् तर आफूले लकडाउनलाई पूर्णपालना गरी विना लगानीको समयको सदुपयोग गर्दै डस्टविन बुनिरहेको बताए ।

उनी पहिला सानीभेरी गाउँपालिकाको जनप्रिय मावि हासिवाङमा पठपाठन गराएका थिए भने २०७६ असारमा आएको रिजल्टबाट प्रावि तहको तृतीय श्रेणीमा नाम निकालेर गोरखा जिल्लामा पोस्टिङ भएका छन् । खड्का सानैदेखि नरम स्वभावका असल र अध्ययनमा निकै बुद्धिमान ब्यक्ति हुन् ।

फोेर संकलन गर्ने वस्तु ( डस्टविन ) आफूले आफ्नो घरमा प्रयोग गरिसकेको र आफ्ना छिमेकीहरूलाई निःशुल्क उपलब्ध गराईरहेको उनको परिवारले जनाएको छ ।

लकडाउन खुल्ले बित्तिकै आफू पढेको विद्यालय र अरू तीनवटा आधारभूत विद्यालयहरूलाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनकै आफ्नो बारीमा प्रशस्त बाँस भएकोले फुर्सदको समयलाई सदुपयोग गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here