Thursday, April 18, 2024
Homebreaking-newsरोल्पामा पनि पुग्यो कोरोना

रोल्पामा पनि पुग्यो कोरोना

- Advertisement -spot_img

दाङ, २५ जेठ ।
रोल्पामा पहिलो पटक कोरोना पुष्टि भएको छ । प्रदेश नम्बर ५ को रोल्पामा अहिलेसम्म कोरोना पोजेटिभ देखिएको थिएन ।

सुनिल स्मृति गाउँपालिकाका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । सुनिल स्मृति गाउँपालिका–५ का दुईजना र ६ का एकजनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ । कोरोना संक्रमण भएका २०, २२ र २७ वर्षका पुरुष रहेका छन् ।

यसैबीच दाङमा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । आइतबार मात्रै दाङमा दुईजना नयाँ संक्रमितको पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा घोराही उपमहानगरपालिका–१९ का २४ वर्षिय र लमही नगरपालिका–५ का २७ वर्षिय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो । योसहित दाङमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here